Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :4314 मे.वा. घन्टा
  • निजी क्षेत्र : 3512 मे.वा. घन्टा
  • भारत : 12335 मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : 20161 मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

त्रिशूली जलविद्युत केन्द्र १० दिनपछि सञ्चालनमा, ६ वटै मेसिन सुचारु

पुष २७, २०७५   3492

खबर



काठमाडौं– आगलागी भएर विद्युत उत्पादन बन्द रहेको त्रिशूली जलविद्युत केन्द्रका ६ वटै मेसिन सञ्चालनमा आएका छन् । अघिल्लो बुधबार (पुस १८ गते) आगलागी भएर मर्मतमा रहेको केन्द्र १० दिनपछि अर्थात् शुक्रबारदेखि पूर्णरूपमा सञ्चालन भएको हो ।

ad

जडित क्षमता २४ मेगावाट भए पनि केन्द्रबाट २२ मेगावाटमात्र विद्युत उत्पादन हुँदै आएको छ । पानी कम भएकाले अहिले ६ वटा मेसिनबाट १६ मेगावाट विद्युत उत्पादन भइरहेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए । ‘अघिल्लो शुक्रबारदेखि नै दुई वटा मेसिन सञ्चालनमा थिए, सबै चलाउन समय लाग्यो,’ उनले शुक्रबार ऊर्जा खबरसँग भने, ‘यस क्षेत्रको विद्युत आपूर्तिमा पनि कुनै समस्या छैन ।’

त्रिशूली सञ्चालनमा आएपछि १४ मेगावाटको देवीघाटबाट पनि विद्युत उत्पादन सुरु भएको छ । यहाँबाट अहिले करिब १२ मेगावाट उत्पादन भइरहेको भट्टले बताए । त्रिशूलीको विद्युतगृहबाट निस्केको पानीबाटै देवीघाट सञ्चालन हुने गरेको छ । यसैले त्रिशूली बन्द हुँदा देवीघाटबाट पनि उत्पादन हुँदैन ।

ad

पछिल्लो ७ महिना यता त्रिशूलीमा ३ पटक आगलागी भएको छ । यसअघि मंसिर ८ र असार २६ गते आगलागी भएको थियो । भारतीय सहयोगमा झन्डै ५ दशकअघि निर्माण भएको विद्युतगृहका उपकरण पुरानो भएकाले पनि समस्या देखिएको केन्द्रको दाबी छ ।

१६ मेगावाट र १२ मेगावाटमा सञ्चालन भएका त्रिशूली र देवीघाट बन्द हुँदा प्राधिकरणलाई प्रतिदिन ७० लाख रुपैयाँ नोक्सान भएको छ । १० दिनमा यी विद्युत केन्द्रबाट मात्र प्राधिकरणले करिब ७ करोड रुपैयाँ घाटा बेहोर्नुपर्छ । तर, दुई वटा मेसिन सञ्चालन भएकाले अनुमानि घाटामा कम हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="