Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९३२१ मे.वा. घन्टा
  • भारत : १०८२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१०४५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणले समयमै ट्रंक लाइनको महसुल नउठाएर गल्ती गरेकै हाे : मन्त्री पुन

ऊर्जा खबर असार ०३, २०७६   2527

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणले विगत ३ वर्षदेखि ट्रंक लाइनको महसुल नउठाएर गल्ती गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताएका छन् । संसदको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा मन्त्री पुनले उक्त कुरा बताएका हुन् ।

‘प्राधिकरण, व्यवस्थापन वा सञ्चालक समिति र मन्त्रालयले समयमा महसुल उठाउन ध्यान दिएन यसमा गल्ती भएकै हो,’ उनले भने, ‘यसको जिम्मेवारी म मन्त्री भएर मैले र प्राधिकरण व्यवस्थापन र सञ्चालक समितिले पनि लिनुपर्छ ।

ad

तत्कालीन प्राधिकरण नेतृत्व, व्यवस्थापन र सञ्चालक समितिले गल्ती गरेको मन्त्री पुनले दोहोर्याए । पछिल्लो नेतृत्व वा सञ्चालक समितिले पनि समयमै ध्यान पुर्याउन नसक्दा समस्या जटिल बनेको उनको तर्क छ ।

‘तीन वर्षअघि वा त्यतिबेलै किन उठाएनौं । त्यतिबेलै उठाउन प्रक्रिया सुरु गरेको भए विषय अदालतमा जान्थ्यो । समस्या समाधान हुन्थ्यो होला,’ उनले थपे, ‘उद्योगीले पनि तिर्थे होलान् वा उत्पादन लागत बढाउँथे होलान् । यसमा गल्ती भएकै हो ।’

प्राधिकरण कर्मचारीले पनि उद्योगहरू नियमित लोडसेडिङमा बसेकाले हामीले उठाएनौं भनेको मन्त्री पुनले बताए । महसुल उठाउने प्रक्रिया गर्दा उच्च र सर्वोच्च अदालतमा ३८ वटा मुद्दा परेको उनले समितिलाई जानकारी दिए । उनका अनुसार यसमध्ये २९ वटा मुद्दामा अन्तरिम आदेश जारी भएको छ ।

ट्रंक लाइनको महसुल नउठाएर प्राधिकरणले गम्भीर गल्ती गरेको सांसद राजेन्द्रकुमार केसीले बताए । ‘प्राधिकरणले भनेझैँ उठाउनुपर्ने रकम छुट बिल नै होइन, नियमित थप रकम हो,’ उनले भने, ‘प्राधिकरण नेतृत्वकै कारण राष्ट्रिय ढुकुटीमा आउनुपर्ने राजस्व आएन । यसको कमजोरी प्राधिकरणकै हो ।’

उद्योगले तिर्नुपर्छ भनेर प्राधिकरणकै पक्षमा अदालतले फैसला गरे पनि महसुल नउठाउनुले शंका गर्ने ठाउँ रहेको अर्का सांसद अमनलाल मोदीले बताए । ‘नीतिगत र कानुनी रूपमा प्राधिकरणकै पक्षमा निर्णयहरू भएका छन्,’ उनले प्रश्न गरे, ‘यति हुँदा–हुँदै महसुल उठाउन कहाँनिर नीतिगत समस्या आयो ?’

सांसद प्रेम आलेले पनि अदालतले प्राधिकरणकै पक्षमा फैसला गरेकाले छिटोभन्दा छिटो महसुल उठाउनुपर्ने बताए । यस्तै, सांसद सूर्य पाठकले समेत ट्रंक लाइनको महसुल उठाउनुपर्नेमा जोड दिएका थिए ।

प्राधिकरणले ट्रंक लाइन प्रयोग गरेर विद्युत उपभोग गर्ने ग्राहकहरूबाट झन्डै १० अर्ब रुपैयाँ असुल गर्नुपर्ने छ । २०७५ चैत २९ गतेमात्र प्राधिकरणले सबै उद्योगलाई थप महसुल तिर्न बिल काटेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="