Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ऊर्जा विकासमा जोड दिने अमेरिकी हिन्दू महिला राष्ट्रपतिको प्रतिस्पर्धामा

ऊर्जा खबर पुष ३०, २०७५   2952

अन्तर्राष्ट्रिय



काठमाडौं– सन् १९८१ मा अमेरिकी सामोआमा राज्यमा जन्मेकी हिन्दू महिला तुलसी गबार्ड आगामी राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धामा सहभागी हुने भएकी छन् । हवाई राज्यबाट निर्वाचित प्रतिनिधि उनले आफ्नो कार्यकालमा स्वच्छ तथा सौर्य ऊर्जाका निम्ति आवश्यक उत्पादनमा कर छुट दिने कानुन बनाउन समर्थन गरेकी थिइन् ।

हवाई राज्यका सिनेटर माइक गबार्डकी छोरी तुलसीले आगामी सन् २०२० मा हुने अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि पूर्व तयारी सुरु गरेकी छन् । जलवायु परिवर्तनले आक्रान्त बन्दै गएको विश्व परिवेशमा उनले स्वच्छ ऊर्जाको विकासलाई मुख्य मुद्दा बनाउने आकलन गरिएको छ ।

ad

२१ वर्षमै देशको सबैभन्दा कम उमेरको निर्वाचित सदस्य बनेकी तुलसी अमेरिकी सेनाको पूर्व मेजरसमेत हुन् । उनी सन् २०१५ मा हवाई आर्मी नेशनल गार्ड सर्भिसमा सामेल भएर एक वर्षसम्म इराक युद्धमा होमिएकी थिइन् । आगामी राष्ट्रपतिमा उमेदवारी दिने चर्चासँगै उनी हिन्दू समुदायबीच लोकप्रिय बनेकी छन् ।

गत वर्ष अमेरिकी न्यूज च्यानलको एउटा कार्यक्रममा हिन्दूहरूको विरोधमा टिप्पणी गरिएपछि उनले कडा प्रतिवाद गरेकी थिइन् । तुलसीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खास समर्थकको रूपमा हेरिन्छ ।

डेमोक्र्याटिक पार्टीको भए पनि उनलाई रिपब्लिकन दलका मानिसले समेत उतिकै रुचाउँछन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा उनले हिलरी क्लिन्टनको समर्थन गरेकी थिइन् ।

तुलसीको उमेदवारी पार्टीभित्र स्वीकृत भए उनले आगामी निर्वाचनमा डोनल्ड ट्रम्पको सामना गर्नुपर्ने हुन्छ । अमेरिकामा पहिलो कार्यकाल चलाएका व्यक्ति नै दोस्रोमा उमेदवार हुने प्रचलन छ ।

तुलसी आप्रवासी भारतीय वा नेपाली होइनन् । तुलसी अमेरिकी मुलकै हिन्दू महिला हुन् । उनी २ वर्षको हुँदा उनकी आमाले हिन्दू धर्म अपनाएकी थिइन् । त्यसपछि उनले यही धर्म मान्दै आएकी छन् । अमेरिकी सिनेटमा भागवत गीतामा हात राखेर सपथ खाने उनी पहिलो हिन्दू महिला हुन् ।

विविसी

प्रतिक्रिया दिनुहोस