Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८१६ मे.वा. घन्टा
  • भारत : १०३७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२६४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तुम्लिङटार-सितलपाटी लाइनकाे वातावरणीय प्रभाव मूल्याङ्कनको क्षेत्र निर्धारण गर्न राय/सुझाव माग

ऊर्जा खबर असोज ०३, २०७६   293

खबर



काठमाडौं— नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने २२० केभी तुम्लिङटार–सितलपाटी प्रसारण लाइन आयोजनाकाे वातावरणीय प्रभाव मूल्याङ्कनको क्षेत्र निर्धारण गर्न राय/सुझाव मागिएकाे छ । संखुवासभास्थित तुम्लिङटार सबस्टेसनदेखि सितलपाटी सबस्टेसनसम्मको प्रस्तावित १३.६४  किलोमिटर प्रसारण लाइन डबल सर्किट प्रसारण लाइनकाे  क्षेत्राधिकार निर्धारण गर्न राय/सुझाव मागिएकाे हाे ।

स्थानीय सरोकारवालासँग प्रसारण लाइन निर्माण गर्दा पर्न सक्ने भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणीय प्रभावका सम्बन्धमा रायसुझाव मागिएको छ । प्रस्तावित प्रसारण लाइनबाट प्रभावित हुने गाउँपालिका, नगरपालिका, तथा त्यहाँका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी एवं सरोकारवाला व्यक्तिसँग २ साताभित्र प्राप्त हुने गरी रायसुझाव पढाउन भनिएको छ ।

ad

स्थानीय सरोकारवालाको राय सुझाव संकलनपछि वातावरणीय प्रभाव मूल्याङन प्रतिवेदन तयार गरी वन तथा वातावारण मन्त्रालयबाट स्वीकृत गराई संरचना निर्माणको काम थालिने प्राधिकरणले जनाएको छ ।

सरोकारवालाले आफ्नो राय/सुझाव नेपाल विद्युत प्राधिकरण सितलपाटी–तुम्लिङटार आयोजना र वातावरण तथा सामाजिक अध्ययन विभागमा आइपुग्ने गरी पठाउनुपर्नेछ । प्रस्तावित सितलपाटी सबस्टेसनका लागि करिब १ सय ९७ रोपनी जग्गा अधिग्रहण गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="