Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

टुंगुन-ठोस्ने र खानीखोलाबाट ३३ करोडको विद्युत खेर, साेमबारदेखि माण्डुमा जोडिँदै

ऊर्जा खबर मङि्सर १३, २०७६   3960

जलविद्युत



काठमाडौं । साढे ३३ करोड रुपैयाँ बढी आम्दानी गुमेपछि अन्ततः ६.३६ मेगावाटको टुंगुन ठोस्ने र खानीखोला जलविद्युत आयोजना माण्डु सबस्टेसनमा जोडिने भएका छन् । विद्युत उत्पादन सुरु भएकाे ३ वर्षपछि दक्षिण ललितपुरमा निर्माण भएका यी दुई आयोजना साेमबारदेखि माण्डु सबस्टेसनमा जाेडिन लागेका हुन् ।

अबकाे ४ दिनमा यी आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु हुने प्रवर्द्धक खानीखाेला हाइड्राे पावर कम्पनीका अध्यक्ष विजयमान शेरचनले बताए । उनका अनुसार विद्युत प्रवाह हुने ३४ किलाेमिटर माल्टा–मातातीर्थ ३३ केभी लाइन तयार नभएपछि गत आर्थिक वर्षबाट सञ्चालनमा आएकाे माण्डु सबस्टेसनमा जाेड्न लागिएकाे हाे ।

ad

माण्डु सबस्टेसन  विद्युतगृहदेखि ७ किलोमिटर दुरीमा छ । माण्डुमा जाेड्ने सबै तयारी पूरा भएकाे उनले बताए । ‘३ वर्षअघि नै आयोजना सञ्चालनमा आएको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘३३ करोड ६१ लाख रुपैयाँको विद्युत खोलामा बगेर गएपछि नेपाल विद्युत प्राधिकरणले माण्डुको विकल्प दिएको छ । अब पूर्ण क्षमतामा उत्पादन हुन्छ ।’

पूर्ण क्षमतामा सञ्चालन हुन नपाउँदा आम्दानी गुमेकै कारण कम्पनी घाटामा छ । ३३ केभी प्रसारण लाइन निर्माणको जिम्मा पाएको ठेकेदारले समयमा काम नगर्दा कूल उत्पादनको ६७ प्रतिशत विद्युत खेर जाँदा कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको हो ।

प्रसारण लाइन समस्याले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न नपाउँदा आयोजना निर्माण गर्दा बैंकबाट लिएको ऋण तिर्ने अवधि लम्बिएको उनको गुनासो छ ।यसअघि प्राधिकरणको माल्टा सबस्टेसनमा विद्युत जोड्ने गरीको सम्झौता कम्पनीले प्राधिकरणसँग गरेको थियो ।

२०७१ को सुरुमा काम सुरु भएका २ जलविद्युत आयोजना ३ वर्षअघि नै निर्माण सम्पन्न भएका थिए । टुंगुन ठोस्नेले २०७३ कात्तिक ९ गते र खानी खोलाले २०७३ मंसिर २० गतेदेखि विद्युत उत्पादन गरिरहेका छन् । ३३ केभीको लाइन नबनेपछि ११ केभी लाइनको फर्पिङ र दक्षिण ललितपुर फिडरमा जोडिएको थियो । उक्त लाइनले उत्पादन भएको सबै विद्युत लिन नसक्दा विद्युत खेरै गइरहेको थियो ।

प्राधिकरणले दुवै आयोजनासँग बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा प्रतियुनिट ८।४० रुपैयाँमा पिपिए विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । पिपिए हुँदा समयमा प्रसारण लाइन नबने प्राधिकरण र आयोजना नबने प्रवर्द्धकले ५ प्रतिशत क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान छ । तर, ५ प्रतिशत क्षतिपूर्तिले कम्पनीको नोक्सान सम्बोधन हुन सक्दैन ।

औद्योगिक पूर्वाधार विकासअन्तर्गत उद्योग विभागबाट लक्ष्मी सिमेन्टका लागि माल्टा सबस्टेसन र ३३ केभी लाइन निर्माण अघि बढाइएको थियो । बंगलादेशको इनर्जी प्याक इन्जिनियरिङले माल्टा सबस्टेसनको काम समयमै सम्पन्न गरे पनि नेपाली ठेकेदार कम्पनीले ३३ केभी लाइनको काम अझै सम्पन्न गरेको छैन ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="