Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९६३० मे.वा. घन्टा
  • निजी क्षेत्र : १०८५४ मे.वा. घन्टा
  • भारत : २६०३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०८७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

टुंगुन/ठोस्ने खानीखोलाको ४० करोड आम्दानी गुम्यो, अब माण्डुमा जोडिने

ऊर्जा खबर असोज ०२, २०७६   3110

जलविद्युत



काठमाडौं— नेपाल विद्युत प्राधिकरणले समयमा प्रसारण लाइन निर्माण नगर्दा खानीखोला हाइड्रो पावर कम्पनीले ४० करोड रुपैयाँ आम्दानी गुमाएको छ । दक्षिण ललितपुरमा निर्माण गरेको ६.३४ मेगावाटको टुंगुन/ठोस्ने खानीखोला जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन गर्न नपाउँदा ३ वर्षमा कम्पनीकाे यति आम्दानी गुमेकाे हाे ।

३३ केभी प्रसारण लाइन निर्माणको जिम्मा पाएको ठेकेदारको लापरबाहीले कूल उत्पादनको ६७ प्रतिशत विद्युत खेर जाँदा ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको कम्पनीका अध्यक्ष विजयमान शेरचनले बताए । ३ वर्षसम्म करोडौंको विद्युत खोलामा बगेपछि प्राधिकरणले ३३ केभी लाइनमा जोड्ने विकल्प दिएको उनले बताए ।

ad

‘प्राधिकरणले विद्युतगृहदेखि ७ किलोमिटर नजिकको माण्डु सबस्टेसनमा आयोजनाको विद्युत जोड्ने विकल्प दिएर पत्र पठाएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अबको एक महिनाभित्र आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु गर्छ । ’

प्राधिकरणसँग ठेक्का सम्झौता गर्ने ठेकेदारको लापरबाहीले बेहाेर्नु परेकाे घाटाले बैंककाे ऋण तिर्ने अवधि लम्बिएकाे गुनासाे उनले गरे ।

ठेकेदारले  लाइन पूरा नगरेपछि प्राधिकरणले माण्डुमा जोड्ने विकल्प दिएको उनकाे भनाइ छ । आयोजनाकाे विद्युत जाेड्न मातातीर्थ सबस्टेसनदेखि ३४ किलोमिटर टाढा ललितपुरको माल्टासम्म ३३ केभी प्रसारण लाइन प्राधिकरणले निर्माण गर्नुपर्ने थियाे ।

२०७१ को सुरुमा काम सुरु भएका २ जलविद्युत आयोजना ३ वर्षअघि नै निर्माण सम्पन्न भएका थिए ।

टुंगुन/ठोस्नेले २०७३ कात्तिक ९ गते र खानी खोलाबाट २०७३ मंसिर २० गतेदेखि विद्युत उत्पादन गरिरहेका छन् । आवश्यक ३३ केभीको लाइन नहुँदा ११ केभीको फर्पिङ र दक्षिण ललितपुर फिडरमा जोडिएको छ । जसका कारण उत्पादित पूरै विद्युत खपत हुन सकेको छैन ।

प्राधिकरणले दुवै आयोजनासँग बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँमा पिपिए विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।

पिपिए हुँदा समयमा प्रसारण लाइन नबने प्राधिकरण र आयोजना नबने प्रवर्द्धकले ५ प्रतिशत क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान छ । तर, ५ प्रतिशत क्षतिपूर्तिले कम्पनीको नोक्सान सम्बोधन हुन सक्दैन ।

कम्पनीले पटक–पटक मन्त्रालयलाई प्रसारण लाइन छिटो निर्माण गरी विद्युत जोड्ने व्यवस्था मिलाइदिन आग्रह गर्दै आएको थियो । औद्योगिक पूर्वाधार विकासअन्तर्गत उद्योग विभागबाट लक्ष्मी सिमेन्टका लागि माल्टा सबस्टेसन र ३३ केभी लाइन निर्माण अघि बढाइएको थियो ।

बंगलादेशको इनर्जी प्याक इन्जिनियरिङले माल्टा सबस्टेसनकाे काम समयमै सम्पन्न गरे पनि ३३ केभी लाइनकाे ठेक्का पाएकाे त्रिपुरेश्वर जयदुर्गे जेवीले अझै सम्पन्न गरेकाे छैन ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="