Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९०७ मे.वा. घन्टा
  • भारत : ५४१९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१७३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दुबईमा पहिलो पटक बिजुली बाल्ने पञ्चाेलियाकाे निधन

ऊर्जा खबर भदौ १८, २०७६   682

अन्तर्राष्ट्रिय



काठमाडौं- तीव्र गतिमा विकासको फड्को मारेको सयुंक्त अरब इमिरेट्सको दुबईमा पहिलो पटक बिजुली बाल्ने मघनमल पञ्चोलियाको निधन भएको छ । उनको ९५ वर्षको उमेरमा निधन भएको हो । उनकाे हिन्दु परम्पराअनुसार अन्त्यष्टी गरिएकाे छ ।

सन् १९४२ मा भारतबाट दुबई पुगेका पञ्चोलीयाले केही भारतीयहरुसँग मिलेर दुबई इलेक्ट्रिसिटी कम्पनी स्थापना गरेका थिए । उनले स्थापना गरेको कम्पनीमा शेख रशिद विन सईद अल मक्तौमले लगानी गरेको थिए ।

ad

उनी आवद्ध यस कम्पनीले सन् १९५७ देखि दुबईमा बिजुली वितरणको काम सुरु गरेको खालिज टाइम्सले जनाएको छ । पञ्चोलिया सन् १९६१ मा कम्पनीको निर्देशक बनेका थिए । कम्पनी सरकारको स्वामित्वमा नजाउन्जेल १९८० सम्म उनले यही पदमा रहेर काम गरेका थिए ।

पछिल्लो समय उनी अरबियन ट्रेडिङ एजेन्सीको अध्यक्षको जिम्मेवारीमा थिए । यस एजेन्सीले सुन, चाँदी, तथा मोती र मुद्रा विनिमयलगायतको काम गर्दै आएको छ ।

दुबईमा रहेर उच्च ओहोदामा पुगेका पञ्चोलिया त्यहाँ बसोबास गर्ने भारतीयमाझ लोकप्रिय थिए । दुबईमा बसोबास गर्ने भारतीयले उनलाई आफ्नो आदर्श मान्ने गर्दछन् ।

एजेन्सीकाे सहयाेगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="