Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

उपमहानगरपालिकाभित्र ४० किलोमिटर भूमिगत तार विस्तारको योजना

ऊर्जा खबर कार्तिक २०, २०७६   2186

खबर



जनकपुर । नेपाल विद्युत प्राधिकरण प्रदेश–२ प्रादेशिक कार्यालय जनकपुरले ‘जनकपुर उपमहानगरपालिकाभित्र ४० किलोमिटर भूमिगत वितरण लाइन निर्माणको योजना अघि बढाएको छ । वितरण प्रणाली सुदृढिकरण तथा सहरको सुन्दरता कायम गर्न उक्त योजना तयार गरिएको हो ।

जनकपुर मन्दिर, ताल–तलैया एवं पोखरीहरूको सहरको रूपमा परिचित छ । यो धार्मिक भूमिको सौन्दर्य कायम गर्दै वितरण प्रणाली व्यवस्थित गर्न सहरभित्रको खुला तार भूमिगत बनाइने प्रादेशिक प्रमुख मनोजकुमार सिंहले बताए ।

ad

‘सुरुमा हामी १५ किलोमिटर क्षेत्रको वितरण लाइन भूमिगत बनाउने योजनामा थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘विद्युतीय तारकै कारण सहरमा दिनहुँ समस्या बढ्दै गएपछि क्षेत्रफल बढाएर ४० किलोमिटर पुर्याइएको छ ।’

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा काम गर्ने गरी छलफल भइरहेको पनि सिंहले बताए । उनका अनुसार यही बेहोराको प्रस्ताव प्राधिकरण केन्द्रीय कार्यालयमा पठाइएको छ ।

पहाडबाट तराई र ग्रामीण क्षेत्रबाट सहर बसाइँ सर्ने अभियानले जनकपुरको जनसंख्या बढ्दै गएको छ । योसँगै सहरका सडक निकै साँधुरा र सडकसँगै जोडेर घर निर्माण गरिएकाले भत्काउन सक्ने अवस्था देखिँदैन । साँधुरो सडक व्यवस्थापन र सम्भावित विद्युतीय दुर्घटना रोक्न पनि वितरण लाइन भूमिगत बनाउने योजनालाई उच्च प्राथमिकता दिइएको छ ।

हरेक पोलमा पोको पारेर राखिएका तारका कारण समय–समयमा आगलागी हुने, ट्रान्सफर्मर पड्किने र सवारी आवागमनमा समस्या हुने गरेको छ । तार भूमिगत गर्नासाथ यी सबै समस्याको समाधान एकै हुने पनि सिंहले बताए ।

खुला ताररहित सहर बनाएर साँघुरा सडकको उचित व्यवस्थापन भए जनकपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढ्ने देखिन्छ । यसमा प्राधिकरणसहित उपमहानगरपालिका, वितरण केन्द्रहरूले सहकार्य गर्ने भएका छन् ।

यसैगरी, सहरी क्षेत्रमा २४ सै घन्टा बलिरहने सडक बत्ती व्यवस्थापन गर्न पनि प्रादेशिक कार्यालयले छुट्टै योजना बनाएको छ । हरेक बिजुलीका पोलमा स्वीच राखेर दिउँसो बत्ती निभाउन नजिकको घरधनीलाई जागरुक गराउने वा सेन्सर लाइट (चाहिँदा बल्ने अरू बेला स्वतः निभ्ने) को व्यवस्था गर्ने योजना छ ।

जनकपुर सहरका पोलमा झुन्ड्याइएका बल्ब ६–७ वर्षदेखि निरन्तर बलिरहेका छन् । सहरको महसुल तिर्ने जिम्मा नगरपालिकाले पाए पनि उचितरूपमा बत्ती व्यवस्थापन गरिएको छैन । अब यसमा प्राधिकरण र नगरपालिकाले सहकार्य गरेर काम गर्न सहमत भएका छन् ।

सहरमा भूमिगतरूपमा तार विस्तार गर्न निमल्ने ठाउँमा एबिसी केबल राख्ने याेजना पनि बनाइएकाे छ । साँघुराे बाटाे, बाक्लाे बस्ती भएका ठाउँमा नांगाे तार हटाएर एबिसी केबल विस्तार गर्ने तयारी थालिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="