Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८००६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२५ मे.वा. घन्टा
  • भारत : ९६८३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३३१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

फागुन दोस्रो साताबाट युनियन हाइड्रो पावरको साधारण सेयर निष्कासन हुने

ऊर्जा खबर फागुन ०१, २०७५   2064

सेयर



काठमाडौं– युनियन हाइड्रो पावर कम्पनीले फागुन दोस्रो साताभित्र साधारण सेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि कम्पनीले लमजुङमा निर्माण सम्पन्न ३.३ मेगावाटको मिदिम खोला (करापु) जलविद्युत आयोजनाको साधारण सेयर निष्कासनको तयारी गरेको हो ।

ad

सर्वसाधारणका लागि ३५ करोड ३४ लाख ३४ हजार मूल्यको ३५ लाख ३४ हजार ३ सय ४० कित्ता साधारण सेयर निष्कासन गरेर बाँडफाँड गरिने भएको छ । निष्कासन हुने २९ करोड १२ लाख ५५ हजार बराबरको २९ लाख १२ हजार ५ सय ५० कित्ता सर्वसाधारणको लागि छुट्याएको सेयर हो । बाँकी ६ लाख २१ हजार ७ सय ९० कित्ता स्थानीयका लागि छुट्याइएको सेयर हो । स्थानीयको सेयर पनि साधारण सेयरमा मिलान गरेर सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये आवेदन भरेका २ लाख ४७ हजार २ सय १० कित्ता सेयर स्थानीयमा बाँडफाँड गरिएको छ । साधारण सेयर निष्कासन गर्न लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

ad

कम्पनीले लमजुङमा निर्माण गरेको मिदिम खोलाले एक वर्षदेखि नियमित विद्युत उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="