Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

युनियन हाइड्रोको सेयर किन्न ४७ हजारले ३७ लाख कित्ता किन्न आवेदन दिए

ऊर्जा खबर बैशाख १२, २०७६   1889

सेयर



काठमाडौं– युनियन हाइड्रो पावर कम्पनीको सेयर किन्न ४७ हजारभन्दा बढीले आवेदन दिएका छन् । बिहीबार कारोबार बन्द हुँदासम्म उक्त आवेदन परेको हो ।

लमजुङमा सञ्चालित ३.३ मेगावाटको मिदिम खोला (करापु) जलविद्युत केन्द्रमा लगानी गर्न ४७ हजार १ सय ५६ सर्वसाधारणले ३६ लाख ८८ हजार ७ सय ९० कित्ता किन्न आवेदन दिएका छन् । आवेदकबाट ३६ करोड ८८ लाख ७९ हजार रुपैयाँ संकलन भएको बिक्री प्रबन्धक लक्ष्मी क्यपिटल मार्केटले जानकारी दिएको छ ।

ad

सर्वसाधारणलाई सेयर खरिदका लागि आवेदन आजसम्मको समय तोकिएको थियो । कम्पनीले गत चैत १३ गतेबाट प्रतिकित्ता सय रुपैयाँमा अंकित ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ मूल्यको ३५ लाख ३४ हजार ३ सय ४० कित्ता सेयर निष्कासन गरेको थियो ।

निष्कासित सेयरमध्ये ७० हजार ६ सय ८६ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ३४ लाख ६३ हजार ६ सय ५४ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेको छ । कम्पनीले लमजुङमा निर्माण गरेको मिदिमले २०७४ माघ १५ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस