Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :4314 मे.वा. घन्टा
  • निजी क्षेत्र : 3512 मे.वा. घन्टा
  • भारत : 12335 मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : 20161 मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

युनिभर्सल पावर कम्पनीले सेयर आवेदन दिने समय एक साता थप

ऊर्जा खबर पुष २९, २०७५   790

सेयर



काठमाडौं– युनिभर्सल पावर कम्पनीले दोलखाबासीका लागि सेयर आवेदन दिने अवधि एक साता थप गरेको छ । कम्पनीले अाइतबारदेखि आगामी माघ ६ गते सम्मका लागि ७ दिनकाे समय थप गरेको हो ।

ad

दोलखामा निर्माणधीन ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनामा सेयर लगानी गर्न सबै स्थानीय समेट्न गरी समय थप गरेकाे कम्पनीले जनाएकाे छ । यसअघि गत पुस १५ गतेबाट खुलेकाे सेयर अावेदनकाे अवधि अाइतबार सकिँदै थियाे ।

शुक्रबारसम्ममा ९ सय ६३ स्थानीयले ९५ हजार ५ सय ५० कित्ता सेयर खरिद गर्न अावेदन दिएका छन् ।

ad

दोलखाबासीका लागि छुट्याइएको २१ लाख ३ सय ५० कित्ता सेयर खरिद गर्न स्थानीयको उत्साहजनक सहभागिता जनाएकाे कम्पनीले जनाएकाे छ । प्रतिकित्ता सय रुपैयाँमा अंकित २१ करोड ३५ हजार रुपैयाँ मूल्यको सेयर न्युनतम ५० देखि अधिकतम ५ लाख कित्ता सम्मका लागि आवेदन दिन पाउने छन् ।

चरिकोटस्थित कृषि विकास, सिटिजन्स इन्टरनेसनल, महालक्ष्मी विकास, एनआइसी एसिया , सिद्धार्थ, सिन्धु विकास बैंकको चरिकोट, मुडे र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरीशंकर शाखालार्इ केन्द्र तोकिएको छ ।

कम्पनीले स्थानीयको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि छुट्याइएको ७५ करोड ६ लाख २६ हजार रुपैयाँ बराबरको ७५ लाख ६१ हजार २ सय ६० कित्ता सेयर निष्कासन गर्नेछ ।

कम्पनीको सेयर निष्कासन गरि बाँँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिडेटले जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="