body1

विद्युत आपूर्ति

  • प्राधिकरण :४३५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०६१ मे.वा. घन्टा
  • भारत : ११९३९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०३५३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

युनिभर्सल पावर कम्पनीकाे सेयर बिक्री खुल्यो, पुस २९ गतेसम्म आवेदन दिन सकिने

ऊर्जा खबर पुष १५, २०७५   580

सेयर



काठमाडाैं– युनिभर्सल पावर कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर बिक्री खुला गरेको छ । कम्पनीले दोलखामा निर्माणाधीन ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाको सेयर बिक्री खुला गरेको हो ।

ad

पहिलो चरणमा आयोजना प्रभावित (गौरिशंकर, कालिञ्चोक र विगु गाउँपालिका) र दोलखालीका लागि २१ लाख ३ सय ५० कित्ता सेयर बिक्री खुला गरिएकाे छ । लगानीकर्ताले न्युनतम ५० देखि अधिकतम ५ लाख कित्तासम्मका लागि सेयर आवेदन दिन पाउने छन् ।

सेयर आवेदन दिन चरिकोटस्थित कृषि विकास, सिटिजन्स इन्टरनेसनल, महालक्ष्मी विकास, एनआइसी एसिया , सिद्धार्थ, सिन्धु विकास बैंकको चरिकोट, मुडे र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरीशंकर शाखालार्इ केन्द्र ताेकिएकाे छ ।

स्थानीयकाे सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि छुट्याइएको ७५ करोड ६ लाख २६ हजार रुपैयाँ बराबरको ७५ लाख ६१ हजार २ सय ६० कित्ता सेयर निष्कासन गर्ने कम्पनीकाे तयारी छ  ।

कम्पनीले सेयर निष्कासन तथा बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक ताेकेकाे छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7
data-href="