Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९५४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९७३ मे.वा. घन्टा
  • भारत : ५८४४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तल्लो खारेखोलामा लगानी गर्न ८५ हजार सर्वसाधारणकाे आवेदन

ऊर्जा खबर माघ २, २०७५   2077

सेयर



काठमाडौं– युनिभर्सल पावर कम्पनीले निर्माण गरिरहेको तल्लो खारेखोला जलविद्युत आयोजनामा लगानी गर्न ८५ हजार ५८ जनाको सेयर आवेदन परेको छ । कम्पनीले गत शुक्रबार (माघ २५ गते) देखि खुल्ला गरेको सेयर भर्न सर्वसाधारणको आवेदन परेको हो ।

५ दिनमा सर्वसाधारणले दिएको आवेदनबाट ७६ करोड रुपैयाँ संकलन भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका मर्चिन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले बताए । उनका अनुसार ७५ लाख ८२ हजार २ सय ५० कित्ताका लागि आवेदन परेको छ ।

सर्वसाधारणका लागि छुट्याइएको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ताकासेयरको सीमा पूरा नहुन्जेल आवेदन बन्द नहुने पनि उनले बताए । सेयर आवेदनको सीमा पूरा भएपछि कम्पनीको तर्फबाट सूचना जारी हुने उनले बताए ।

कम्पनीले निष्कासन गरेको ९३ लाख २७ हजार ४ सय १० कित्ता सेयरमध्ये ८६ करोड ७४ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ । १ लाख ८६ हजार ५ सय ४८ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि र ४ लाख ६६ हजार ३ सय ७० कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँँडफाँड गरिसकेको छ ।
कम्पनीले निर्माण गरिरहेको तल्लो खारेखोला ७५ प्रतिशत पूरा भएको छ । आयोजनाबाट २०७६ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

युनिभर्सल पावर सिइडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको सहायक कम्पनी हो । सिइडिबीले यसअघि ३ जलविद्युत आयोजनाको सफल निर्माण गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="