Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९५४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९७३ मे.वा. घन्टा
  • भारत : ५८४४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

युनिभर्सल पावरको आइपिओ भर्ने मंगलबार अन्तिम दिन, आवेदन दिने सबैलाई लगानीको अवसर

ऊर्जा खबर माघ २८, २०७५   2827

सेयर



काठमाडौं– युनिभर्सल पावर कम्पनीको साधारण सेयर भर्न आवेदन दिने अवधि अब २ दिन बाँकी छ । कम्पनीले निष्कासन गरेको निर्माणाधीन ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाको साधारण सेयर भने अवधि मंगलबार सकिन लागेको हो ।

दोस्रो बजारको सेयर मूल्य ओरालो लागिरहेका बेला लगानीकर्ताका लागि तल्लो खारेखोलामा लगानी गर्ने अवसर रहेको कम्पनीका प्रबन्ध सञ्चालक विनय भण्डारीले बताए । उनका अनुसार लगानीकर्ताले आयोजनाको मागे जति सेयर पाउने सम्भावना छ ।

लगानीकर्ताले ५० देखि ५० लाख कित्तासम्ममा लगानी गर्ने अवसर रहेको पनि उनले बताए । लगानीकर्तालाई एक सय रुपैयाँमा चाहे जति सेयर किन्ने सक्ने बताइएको छ ।

विगत ८ वर्षदेखि तल्लो खारेमा प्रर्वद्धकले लगानी गरेको सेयर प्रिमियर नजोडी पाउनु नै सर्वसाधारणका लागि लगानीको ठूलो अवसर भएको कम्पनीले जनाएको छ । यस्तो अवसर यसअघि आर्थिक वर्ष २०६५/६६ मा नेप्से न्युन विन्दुमा पुग्दा लगानीकर्ताले पाएको कम्पनीको दाबी छ ।

कम्पनीले ९३ लाख २७ हजार ४ सय १० कित्ता सेयर निष्कासन गरेको छ । निष्कासन भएको सेयरमध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि र ४ लाख ६६ हजार ३ सय ७० कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ८६ करोड ७४ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँँडफाँड गरिसकेको छ । कम्पनीले निर्माण गरिरहेको आयोजना ७५ प्रतिशत पूरा भएको छ । आयोजनाबाट २०७६ साउनदेखि विद्युत उतपादन गर्ने लक्ष्य छ ।

युनिभर्सल पावर सिइडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको सहायक कम्पनी हो । सिइडिबीले यसअघि ३ जलविद्युत आयोजनाको सफल निर्माण गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ । १८३ किलोवाटको स्याङ्गे, ४.४ मेगावाटको राधी, ४ मेगावाटको खुदी सिइडिबीको लगानीमा सम्पन्न आयोजना हुन् । तल्लो खारेसँगै १२ मेगावाटको दोर्दी–१ र ५ मेगावाटको रुकुमगढ आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="