Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९५४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९७३ मे.वा. घन्टा
  • भारत : ५८४४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

युनिभर्सल पावरकाे साधारण सेयर आवेदन खुल्याे

ऊर्जा खबर माघ २५, २०७५   2348

सेयर



काठमाडौं– युनिभर्सल पावर कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गरेकाे छ । कम्पनीले दोलखामा निर्माणाधीन ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको साधारण सेयर निष्कासन गरेकाे हाे ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित ९३ लाख २७ हजा ४ सय १० (आयोजना प्रभावित स्थानीयले खरिद नगरेको १७ लाख ६६ हजार १ सय ५० कित्तासहित) कित्ता सेयर बिक्री खुला गरिएकाे कम्पनीका प्रबन्ध सञ्चालक विनय भण्डारीले बताए । उनका अनुसार निष्कासन भएकाे कुल सेयरमध्ये १ लाख ८६ हजा ५ सय ४८ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको छ ।

४ लाख ६६ हजार ३ सय ७० कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

लगानीकर्ताले न्युनतम ५० देखि अधिकतम ५० लाख कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।सर्वसाधारणले छिटाेमा माघ २९ र ढिलाेमा फागुन २६ गतेभित्र लगानीकर्ताले आवेदन दिइसक्नु पर्नेछ ।

कम्पनीले पहिलाे चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएकाे सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेकाे छ । कम्पनीले निर्माण गरिरहेकाे आयोजना ७५ प्रतिशत पूरा भएकाे छ । आयोजनाबाट  २०७६ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

 

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="