Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :4314 मे.वा. घन्टा
  • निजी क्षेत्र : 3512 मे.वा. घन्टा
  • भारत : 12335 मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : 20161 मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

युनिभर्सल पावरले पुस १५ देखि स्थानीयका लागि सेयर बिक्री खुला गर्ने

ऊर्जा खबर पुष १०, २०७५   2509

सेयर



काठमाडौं– युनिभर्सल पावर कम्पनीे लिमिटेडले आगामी पुस १५ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माणधीन ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागेको हो ।

ad

पहिलो चरणमा आयोजना प्रभावित (गौरिशंकर, कालिञ्चोक र विगु गाउँपालिका) र दोलखालीका लागि २१ लाख ३ सय ५० कित्ता सेयर बिक्री खुला गरिनेछ । आयोजनामा लगानी गर्न इच्छुुक स्थानीयले पुस २९ गतभित्र सेयर आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न न्युनतम ५० देखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयर आवेदन दिन चरिकोटस्थित कृषि विकास, सिटिजन्स इन्टरनेसनल, महालक्ष्मी विकास, एनआइसी एसिया , सिद्धार्थ, सिन्धु विकास बैंकको चरिकोट, मुडे र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरीशंकर शाखालार्इ केन्द्र ताेकिएकाे छ ।

ad

स्थानीयको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="