Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

युनिभर्सल पावरको साधारण सेयर किन्न आवेदन दिने सबैले १ सय कित्ता पाउने सम्भावना

ऊर्जा खबर माघ २७, २०७५   3736

सेयर



काठमाडौं– युनिभर्सल पावर कम्पनीको साधारण सेयर खरिद गर्न आवेदन दिने सबैले १ सय कित्ता पाउने भएका छन् । कम्पनीले गत शुक्रबार (माघ २५ गते ) बाट आवेदन खुला गरेको सेयर भर्ने सबैलाई १ सय कित्ता पर्ने सम्भावना देखिएको हो ।

सर्वसाधारणले गरिरहेको आवेदन अनुपातका आधारमा औषतमा सबैलाई १ कित्ताभन्दा बढी सेयर पर्ने सम्भावना देखिएको कम्पनीका प्रबन्ध सञ्चालक विनय भण्डारीले बताए । उनका अनुसार ८६ हजार ७ सय ४४ जनाले ११ मेगावाटको तल्लो खारेखोलामा लगानी गर्न सेयर आवेदन दिएमा कम्पनीले सबैलाई समान १ सय कित्ताका दरले ८६ लाख ७४ हजार ४ सय कित्ता बाँडफाँड गर्नेछ ।

ad

कम्पनीले ९३ लाख २७ हजार ४ सय १० कित्ता सेयर निष्कासन गरेको छ । निष्कासन भएको सेयरमध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि र ४ लाख ६६ हजार ३ सय ७० कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ८६ करोड ७४ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले न्युनतम ५० कित्ता देखि अधिकतम ५० लाख कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । सर्वसाधारणले छिटोमा माघ २९ गतेसम्म र ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिइसक्नु पर्ने कम्पनीले जनाएको छ ।

यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँँडफाँड गरिसकेको छ । कम्पनीले निर्माण गरिरहेको आयोजना ७५ प्रतिशत पूरा भएको छ । आयोजनाबाट २०७६ साउनदेखि विद्युत उतपादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस