Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :4314 मे.वा. घन्टा
  • निजी क्षेत्र : 3512 मे.वा. घन्टा
  • भारत : 12335 मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : 20161 मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अनियमित विद्युत कटौती बढ्न थाल्यो, स्थानीय भन्छन्– ‘बिजुलीको चिमभन्दा हामी मैनबत्तीमा निर्भर छौं’

ऊर्जा खबर पुष २९, २०७५   2114

खबर



काठमाडौं– विगत साढे २ वर्षदेखि प्रत्यक्ष विद्युत कटौतीको समस्या नझेलेका काठमाडौं उपत्यकाबासी पछिल्लो ३–४ महिनायता हैरान भएका छन् । दिनहुँ अनियमित विद्युत काटिने, आउने ठेगान नहुने, तार जल्ने, आगलागी हुनेजस्ता कारणले स्थानीयको दैनिकी नै अस्तव्यस्त हुन थालेको छ ।

ad

अनियमित विद्युत काटिन थालेपछि उपत्यकाका विभिन्न ठाउँबाट सर्वसाधारणले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई गुनासो गरेका छन् । सामाजिक सञ्जाल (फेसबुक) मा घिसिङलाई नै उध्रित गर्दै छिटो समस्या समाधान गरिदिन पनि आग्रह गरेका छन् ।

वनस्थली बोहोराटार बस्ने विजय देवकोटाले आइतबार बिहानै फेसबुकमा घिसिङलाई उध्रित गर्दै स्ट्याटस लेखे– कुलमान घिसिङज्यू, तपाईं अन्धकारविरुद्धको ‘नेपाली प्रमिथस’ ! बालाजु वितरण केन्द्रमा बिजुली काटेर व्यापारीका इन्भर्टर र ब्याट्री बिकाउने कर्मचारी अझै छन कि कसो ? यहाँ त लोडसेडिङमात्रै होइन । महालोडसेडिङ छ । बत्ती आउने होइन । जाने ठेगान भएन । कृपया कृपा गरेर लोडसेडिङ तालिका पाउँ ।

ad

बालाजु क्षेत्रको बोहोराटार, टौडोल, नयाँबस्ती, पानीटंकी, खरीबोट, भानुटोललगायत क्षेत्रमा डेढ वर्षदेखि निरन्तर विद्युत काटौती हुँदै आएको देवकोटाले उल्लेख गरेका छन् । उनका अनुसार यस क्षेत्रमा असार साउनमा पनि निरन्तर विद्युत काटिने गरेको छ । देवकोटाले भनेका छन्, ‘बिजुलीको चिमभन्दा हामी मैनबत्तीमा निर्भर छौं ।’

उनको स्ट्याटस पढेर घिसिङले धन्यवाद दिँदै कुन ठाउँमा हो भनेर प्रश्न गरेका छन् । उनको धन्यावादमा प्रतिक्रिया दिँदै मणि खतिवडाले लेखेका छन्– कुलमान घिसिङ सर कृपया बालाजु वितरण केन्द्रको समस्या के हो बुझिदिनुहोला । हामीले गर्नुपर्ने सहयोगका लागि हामी तयार छौं ।

देवकोटाकै स्ट्याटसमा विन्दु पौडेलले लेखेका छन्– कुलमान घिसिङ सर ! मान्छेले सधैं ‘थ्यांकस्’ मात्र भन्दैनन् । भ्रममा नरही गुनासो सुनिदिनुहोला । यसबारे केन्द्र प्रमुख सुरज रेग्मीसँग सम्पर्क राख्दा शनिबार राती १० बजे केबल हेड पड्केर समस्या आएको बताए ।

सोही स्ट्याटसमा पारसमणि अम्गाईंको प्रतिक्रिया छ– कपुरधारा (सामाखुसी) क्षेत्रमा पनि यही समस्या छ । उता गोंगबु, बसुन्धारा र महाराजगन्ज तथा बुढानिलकण्ठमा पनि नियमित विद्युत आपूर्ति हुन नसकेको स्थानीयले ऊर्जा खबरसँग गुनासो पोखे ।

यसैगरी, कीर्तिपुर वितरण केन्द्रअन्तर्गत कीर्तिपुर, नयाँबजार, पाँगा, भाजंगल, ट्याङ्लाफाँट, अमृतनगर क्षेत्रमा निरन्तर विद्युत कटौती हुने गरेको छ । काठमाडौंको पूर्वी क्षेत्र मुलपानी वितरण केन्द्रअन्तर्गत मुलपानी, काँडाघारी, पेप्सीकोला, गोठाटार क्षेत्रमा समेत दिनहुँ विद्युत काटिने गरेको स्थानीय अनिता कार्कीले बताइन् ।

ललितपुरको ग्वार्को, इमाडोल, सातदोबाटो, हात्तीवन क्षेत्रमा पनि नियमित विद्युत आपूर्ति नहुने स्थानीयको गुनासो छ । सहरी क्षेत्र बानेश्वर, अनामनगर, बबरमहल, बुद्धनगरमा अनियमित विद्युत आपूर्तिका कारण कार्यालय सञ्चालनमा समस्या भइरहेको छ । यसबारे प्राधिकरण ‘नो लाइट’ मा सम्पर्क राख्दा कहिले ट्रान्सफर्मर जलेको, तार पड्केको र लाइन स्तरोन्नती भइरहेको समस्या देखाउने गरिएको छ ।

उपत्यकाको वितरण प्रणाली शताब्दीऔं पुरानो छ । यसको दिगो सुधार हुन सकेको छैन । समस्या आएपछि अल्पकालीन उपाय अपनाएर तत्कालका लागि टालटुल पारिन्छ । तर, भरपर्दो प्रणाली सुधारमा प्राधिकरण र यसको नेतृत्वले ध्यान पुर्याउन सकेको छैन ।

लोडसेडिङ अन्त्य गरेर स्याबासी पाएका घिसिङको क्षमताले अहिले काम गर्न छोडेको छ । काठमाडौं उपत्यकाको विद्युत माग करिब ३ सय ५० मेगावाट छ । यहाँको माग पूरा गर्न आवश्यक विद्युत उपलब्ध भए पनि कमजोर प्रणालीले गर्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

प्राधिकरणले दुई वर्षदेखि वितरण प्रणाली सुधार भइरहेको र समस्या नरहेको बताउँदै आए पनि व्यवहारमा देखिएको छैन । पछिल्लो समय विद्युत आपूर्तिमा देखिएको अनियमितता दोहोरिनुले प्राधिकरणले तत्कालको समस्या टार्नेबाहेक अरू काम गर्न नसकेको पुष्टि हुन्छ ।

दिनहुँ ट्रान्सफर्मर पड्किनु, तार जल्नु, आगलागी हुनु, तार चुडिनु सामान्य घटना हुन थालेका छन् । उता कार्यकारी निर्देशक घिसिङ जनताका नजरमा देशको नायक बनिरहेका छन् । यद्यपि, उनले वितरण प्रणालीलाई दिगो र भरपर्दो बनाउने काम गर्न नसकेको देखिन्छ ।

प्राधिकरण वितरण प्रणाली अन्तर्गत देशभर २७ हजार ट्रान्सफर्मर जडित छन् । काठमाडौं उपत्यकामा मात्र ५ हजार ट्रान्सफर्मर जडान गरिएको छ । कमजोर र पुराना ट्रान्सफर्मरका कारण अधिकांश समस्या देखिएको छ । प्राधिकरणले १४ हजार ट्रान्सफर्मर आयात गर्ने तयारी गरेको छ । यसमध्ये ३ हजार आयात भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="