Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

लैनचौर सबस्टेसनको स्तरोन्नति गरेर ६० एमभिए बनाइने

ऊर्जा खबर कार्तिक १९, २०७५   4525

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणले ६६/११ केभी लैनचौरको सबस्टेसन स्तरोन्नति गरेर ६० एमभिए क्षमताको बनाउने भएको छ । उपत्यकाको वितरण प्रणाली सुधार गर्न सबस्टेन स्तरोन्नति गर्न लागिएको हो ।

ad

अहिले सञ्चालित २२.५ एमभिए क्षमताका २ वटा पावर ट्रान्सफर्मरको स्थानमा ३०/३० एमभिएका २ ट्रान्सफर्मर राखेर सबस्टेसनको स्तरोन्नति गर्ने तयारी भइरहेको प्राधिकरण ग्रिड सञ्चालन विभागका निर्देशक दिर्घायुकुमार श्रेष्ठले बताए । उनका अनुसार सबस्टेसन ओभर लोड हुने अवस्थामा पुगेकाले अहिले जडित ट्रान्सफर्मर निकालेर नयाँ जडान गर्न लागिएको हो ।

चालु वर्षमा ठेकेदार छनोट प्रक्रिया पूरा गरेर आगामी आर्थिक वर्ष (२०७६/७७) मा सबस्टेसनको स्तरोन्नति गर्ने लक्ष्य छ । ६६/११ केभीे सबस्टेसन अहिले २२.५ एमभिए क्षमताका २ वटा ट्रान्सफर्मर सञ्चालित छन् ।

ad

प्राधिकरणले लैनचौरसहित उपत्यकामा ७ सबस्टेसन स्तरोन्नति प्रक्रिया अघि बढाएको छ । सबस्टेसनको स्तरोन्नति पछि वितरण प्रणलीमा सुधार भई गुणस्तर विद्युत सेवा प्रवाह हुने प्राधिकरणको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="