Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

साढे ५३ मेगावाटको माथिल्लो म्यादी-१ आयोजना निर्माण हुने

ऊर्जा खबर जेठ ०१, २०७६   906

खबर



काठमाडौं- म्याग्दीमा साढे ५३ मेगावाटको माथिल्लो म्याग्दी-१ जलविद्युत आयोजना निर्माण हुने भएको छ । म्याग्दीको मालिका र धवलागिरि गाँउपालिका भएर बग्ने म्याग्दी खोलामा पहिचान भएको आयोजना अप्पर म्याग्दी हाइड्रो पावर कम्पनीले आयोजना निर्माण गर्न लागेको हो ।

कम्पनीले विद्युत विकास विभागमा उत्पादन अनुमतिपत्र लिन लागि आवेदन दिएको छ । विभागले अनुमति दिन ३५ दिने सूचना जारी गरेकाे छ ।

सबै संरचना म्याग्दी खोलाको बाँया किनारमा निर्माण हुने आयोजनाको ग्रस हेड १९६.२३ मिटर छ । मुख्य सुरुङ साढे ६ किलोमिटर हुने कम्पनीले जनाएको छ ।आयोजनाको विद्युतगृहमा ३७.५८ मेगावाट क्षमताका २ वटा फ्रान्सिस टर्वाइन जडान हुनेछन् ।

विद्युतगृहबाट विद्युत उत्पादन भइ निस्कने पानीलाई २ सय २० मिटर लामो निकास नहर बनाई पुनः म्यादी खोलामा पठाइने कम्पनीले जनाएको छ ।

आयोजनाबाट २०८२ साल असार २ गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत विद्युतगृहदेखि १ किलोमिटर टाढाको नेपाल विद्युत प्राधिकरणको १३२ केभी डाँडाखेत सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="