Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो नौगाडको विद्युत उत्पादन तालिका सरेको सरै

ऊर्जा खबर असार ३१, २०७६   1797

जलविद्युत



काठमाडौं- ८ मेगावाटको माथिल्लो नौगाड जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका पुनः प्रभावित भएको छ । पहिलो तालिका प्रभावित भएको १४ महिना बितिसक्दासमेत आयोजनाबाट विद्युत उत्पादन सुरु हुन नसकेको हो ।

आयोजनाको निर्माण सुरु गर्दा २०७५ बैशाखबाट उत्पादन गर्ने तालिका थियो । अहिले २०७६ को साउन सुरु हुँदासम्म प्रवर्द्धक अपि पावर कम्पनीले आयोजनाकाे परीक्षणसमेत गर्न सकेकाे छैन ।

ad

पछिल्लो पटक थप गरिएको तालिका अनुसार अब आयोजनाले साउन अन्तिम साताबाट उत्पादन सुरु गर्ने कम्पनीका कार्यकारी निर्देशक सञ्जीव न्यौपानेले बताए । उनका अनुसार आयोजनाको सर्ज ट्याङ्कमा पाइप जोड्ने काम नसकिएकाले उत्पादन तालिका साउन अन्तिम सातालाई सारिएको हो ।

यसअघि असारदेखि उत्पादन सुरु गर्ने दाबी कम्पनीले गरेकाे थियाे । असारभन्दा अघि २०७५ चैतबाट उत्पादन सुरु गर्ने भनिएको थियो । चैतभन्दा पहिलेकाे तालिका गत पुस महिनाकाे थियाे ।

बर्खा सुरु भएपछि बाँकी काम सम्पन्न गर्न समस्या आएकाले पछिल्लो तालिका प्रभावित हुन पुगेको उनले बताए । ‘आयोजना निर्माणका क्रममा आउने विविध समस्याले पटक पटक तालिका सरेको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘अब साउनभन्दा ढिलो हुँदैन ।’

आयोजना स्थल दुर्गम क्षेत्रमा भए पनि प्रसारण लाइनको समस्या छैन । कम्पनीले निर्माण गर्नुपर्ने ७ किलोमिटर बाहेको लाइन तथा सबस्टेसन नेपाल विद्युत प्राधिकरणले निर्माण गरेर सञ्चालन गरिसकेको छ । उत्पादन हुने विद्युत १३२/४४ केभी बलाँच सबस्टेसनमा लगेर जोडिने छ ।

विद्युतगृहबाट उत्पादन हुने विद्युत सबस्टेसनसम्म पुर्याउन निर्माण गरिएको ३३ केभी लाइन कम्पनीले निर्माण गरेको छ । उत्पादन सुरु गर्नुअघि यो लाइन परीक्षण गरेर सञ्चालन गर्नुपर्छ । तर, अहिसम्म सञ्चालन भएकाे छैन । कम्पनीले यसअघि साढे ८ मेगावाटको नौगाड आयोजना निर्माण गरी विद्युत उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="