Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो रिचेत खोलामा राष्ट्रिय वाणिज्य बैंकको २५ करोड लगानी

ऊर्जा खबर जेठ ०३, २०७६   1076

खबर



काठमाडौं– गोरखामा निर्माणाधीन २ मेगावाटको माथिल्लो रिचेत खोला जलविद्युत आयोजना निर्माण गर्न लगानी जुटेको छ । राष्ट्रिय वाणिज्य बैंकले आयोजनामा २५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।

वित्तीय व्यवस्थापनबारे बैंक र आयोजना प्रवर्द्धकबीच बिहीबार सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र आयोजनाका तर्फबाट आनन्द प्रधानले हस्ताक्षर गरेका छन् । आरुघाट र धार्चे गाउँपालिकामा निर्माणाधीन आयोजनाको लागत ३६ करोड ९२ लाख रुपैयाँ अनुमान गरिएको छ ।

बैंकले १०.२८ प्रतिशत वार्षिक ब्याजमा गरेको लगानी १४ वर्षमा फिर्ता गर्ने सहमति (पे ब्याक पिरियड) भएको छ । वार्षिक १ करोड ५ लाख ६० हजार युनिट विद्युत उत्पादन हुने आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ४६ लाख रुपैयाँ तोकिएको छ ।

आयोजनामा ६७.७१ प्रतिशत ऋण र ३२.२९ प्रतिशत स्वपुँजी लगानी हुनेछ । अहिलेसम्म स्वपुँजीबाटै काम भइरहेको जनाइएको छ । आयोजनाबाट करिब १४ प्रतिशत प्रतिफल आउने अध्ययनले देखाएको छ ।

निर्माण सुरु भइसकेको यो आयोजना क्यू४० मा डिजाइन गरिएको छ । अहिलेसम्म आयोजनास्थल पुग्ने पहुँचमार्ग, ५० प्रतिशतभन्दा बढी प्रसारण लाइन निर्माण भइसकेको प्रवर्द्धकले जनाएको छ ।

सिभिलतर्फको निर्माण सुरु भइसकेकाले आगामी दुई महिनाभित्र इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकलको ठेक्का सम्झौता गर्ने तयारी छ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको ३३ केभी बसेरी सबस्टेसनमा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="