Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८००६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२५ मे.वा. घन्टा
  • भारत : ९६८३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३३१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अप्पर सोलु हाइड्रो इलेक्ट्रिकले ३३ लाख ७ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने

ऊर्जा खबर माघ २४, २०७५   3434

सेयर



काठमाडौं- अप्पर सोलु हाइड्रो ईलेक्ट्रिक कम्पनीले ३३ लाख ७ हजार ५ सय कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले सोलुखुम्बुमा निर्माणाधीन २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

ad

निष्कासन हुने सेयरमा १३ करोड ५० लाख मूल्यको १३ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको कम्पनीका कार्यकारी निर्देशक शशीसागर राजभण्डारीले बताए । उनका अनुसार सर्वसाधारणका लागि १९ लाख ५७ हजार ५ सय कित्ता सेयर छुट्याइएको छ ।

पहिलो चरणमा स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरिने राजभण्डारीले बताए । २०७६ जेठमा आयोजना प्रभावित स्थानीय र एक वर्षभित्र सर्वसाधारणका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरिने उनले बताए ।

ad

कम्पनीले सेयर निष्कासन तथा बाँडफाँड गर्न एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेकाे छ । कम्पनी र एनएमबी क्यापिटलबीच बुधबार सम्झौता भएको हो । सम्झौतामा राजभण्डारी र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

एनएमबी क्यापिटलले चाँडै सेयर निष्कासनको स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने प्रक्रिया अघि बढाउने कम्पनीले जनाएकाे छ ।

कम्पनीले निर्माण गरिरहेको आयोजना ९७ प्रतिशत पूरा भएको छ । आयोजनाबाट आगामी जेठदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="