Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो सोलुको भाैतिक प्रगित ३५ प्रतिशत, १६ महिनामा विद्युत उत्पादन

ऊर्जा खबर मङि्सर १८, २०७५   2713

खबर



काठमाडौं– सोलुखुम्बुमा निर्माणधीन १८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाको ३५ प्रतिशत निर्माण पूरा भएको छ । सोलु खोलामा निर्माणधीन आयोजनाको सिभिल संरचनाकाे काम अघि बढेको हो ।

अहिले आयोजनाको बाँध र सुरुङ क्षेत्रमा काम भईरहेको आयोजना प्रमुख समन मानन्धरले बताए । उनका अनुसार बाँध क्षेत्रको ४५ प्रतिशत निर्माण सकिएकाे छ । बाँध क्षेत्रमा डिसेन्टर, इन्टेक लगायत सबै संरचनाको काम समानान्तर रुपमा अघि बढेको छ ।

ad

अायाेजनाकाे मुख्य सुरुङ निर्माणकाे कामले पनि गति लिएकाे छ । २ हजार ४ सय मिटर लामो सुरुङ ८ सय मिटर खनिएको छ । अबको डेढ सातामा  आउटलेटबाट  पनि सुरुङ खन्न सुरु गरिने मानन्धरले जनाकारी दिए ।

अबको एक महिनामा विद्युतगृहकाे संरचना निर्माण गर्न सुरु गरिने भएकाे छ । विद्युतगृह निर्माण सुरु गरेर हाइड्राे तथा इलेक्ट्राेमेकानिकल उपकरण अायात गरिने प्रवर्द्धक बेनी हाइड्राे प्राेजेक्ट कम्पनीले जनाएकाे छ ।

२०७३ फागुनबाट निर्माण सुरु गरेको आयोजना २०७६ चैत्रमा पूरा गर्ने लक्ष्य छ ।

आयोजना पूरा भएपछि नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

सबस्टेसन सम्मको १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नुपर्नेछ । प्रसारण लाइन निर्माणकाे काम अागामी पुसबाट सुरु गर्ने तालिका छ।

आयोजना सम्पन्न गर्न ३ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ४ बैंकले २ अर्ब २९ करोड रुपैयाँ ऋण लगानी र १ अर्ब रुपैयाँ स्वपुँजी लगानी रहेको छ ।

आयोजनाको २०७१ साउनमा अनुमतिपत्र खारेज भए पनि विद्युत ऐन, २०४९ को दफा ३७ अनुसार मन्त्रिपरिषदले करार सम्झौता गरी पुरानै कम्पनीलाई पुनःअनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस