Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तामाकोसीले दियाे स्थानीयलाई अत्याधुनिक एम्बुलेन्स

सागर केसी श्रावण ०५, २०७६   1143

जलविद्युत



दोलखा- निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाकाे प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले स्थानीयलाई एम्बुलेन्स दिएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना प्रभावित बिगू गाउँपालिकालाई अत्याधुनिक एम्बुलेन्स दिएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष कुलमान घिसिङले ९० लाख रुपैयाँ मूल्यको एम्बुलेन्स गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्कालाई आइतबार हन्तान्तरण गरे । स्थानीय बिरामीलाई सहजरूपमा अस्पतालसम्म पुर्याउन कम्पनीले कच्ची सडकमा पनि सजिलै चल्न सक्ने एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

ad

गाउँपालिकालाई दिइएको एम्बुलेन्सबाट बिगूसहित उत्तरी दोलखाका गौरीशंकर र कालिन्चोक गाउँपालिकाले सेवा पाउने अध्यक्ष खड्काले बताए । एम्बुलेन्समा अत्याधुनिक उपकरण जडान भएकाले मुटुका बिरामीलाई पनि यही एम्बुलेन्सबाट अस्पताल पुर्याउन सकिने उनले बताए ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगतको बजेट खर्च गरी स्थानीयलाई एम्बुलेन्स दिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । उनका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना प्रभावित क्षेत्रमा पूर्वाधारण विकास तथा विद्युतीकरणको काम आयोजनाले गर्दै आएको छ ।

जिल्लाको उत्तरी भेगमा कच्ची सडकमा चल्ने एम्बुलेन्समा बिरामीको यात्रा कष्टकर हुने गरेको छ । वर्षामा हिलाम्मे सडकमा एम्बुलेन्स बिचबाटोमै बिग्रने समस्याले पनि स्थानीयलाई सास्ती हुने गरेको छ । तर, आयोजनाले दिएको एम्बुलेन्समा जस्तोसुकै सडकमा चल्नसक्ने हुँदा प्रभावकारी सेवा दिने स्थानीयको विस्वास छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="