Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो तामाकोसीको ठाडो सुरुङमा १ सय २२ मिटर पाइप जडान

ऊर्जा खबर कार्तिक ०४, २०७६   3020

जलविद्युत



काठमाडौं । निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा १ सय २२ मिटर पेनस्टक पाइप जडान गरिएको छ । ४ महिनामा उक्त काम सकिएकाे हाे ।

३ सय ७२ मिटर लामो सुरुङको तल्लो खण्डमा एक सय मिटर र ३ सय १० मिटरकाे माथिल्लो खण्डमा साढे २२ मिटर पाइप जडान भएको आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले बताए । यस खण्डमा भोलि (मंगलबार) थप १० मिटर जडान गर्ने तयारी छ ।

ad

माथिल्लो खण्डको पाइप जडान गर्ने भारतीय ठेकेदार कम्पनी टेक्सम्याकाेले अझै कामको गति बढाउन नसकेको न्यौपानेले बताए । ‘आयोजनामा सबैभन्दा जटिल नै पेनस्टक पाइप जडानको काम हो,’ उनले ऊर्जाखबरसँग भने, ‘दैनिक काम हुँदा पनि जडान सकिन अझै चैतसम्म लाग्छ ।’ लामो प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ र माथिल्लोमा ९ गतेदेखि पेनस्टक पाइप जडान सुरु भएको थियो ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रो मेकानिकल (लट ३) को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । माथिल्लोे ठाडो सुरुङमा पाइप जडान भने टेक्सम्याकाेले नै गरिरहेको छ ।

९८ प्रतिशत निर्माण पूरा भएको आयोजनाको बाँध क्षेत्रमा अहिले मेकानिकल उपकरण जडानको काम भइरहेको न्यौपानेले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत जोडिने सबस्टेसनको पनि सिभिल संरचनाको काम भइरहेको छ । बाँकी काम सकेर आगामी चैतभित्र विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेकाे जनाइएकाे छ ।

२०७२ सालको विनाशकारी भूकप्प र त्यसपछिका पराकम्पन एवं बाढी पहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रो मेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाे भइरहेको छ ।

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र पूरा गरी विद्युत उत्पादनको लक्ष्य थियो । तर, भूकम्प नाकाबन्दी लगायतका कारणले  निर्माण प्रभावित हुँदा उत्पादन अवधिपछि सरेको छ । अब चालुू वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहितको नयाँ एकीकृत तालिका तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="