body1

विद्युत आपूर्ति

  • प्राधिकरण :४३५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०६१ मे.वा. घन्टा
  • भारत : ११९३९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०३५३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो तामाकोसीमा लट–२ को बाँकी काम एन्ड्रिज हाइड्रोले गर्ने

ऊर्जा खबर पुष २६, २०७५   2729

खबर



काठमाडौं– दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लट–२ को बाँकी निर्माण लट–३ मा काम गरिरहेको एन्ड्रिज हाइड्रोले गर्ने भएको छ । लट–२ (हाइड्रो मेकानिकल) को ठेक्का लिएको भारतीय ठेकेदार टेक्सम्याको रेल एन्ड इन्जिनियरिङले समयमा काम नगरेपछि उपठेक्का सम्झौता गरेर एन्ड्रिजलाई दिइएको हो ।

ad

आयोजनाको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी, टेक्सम्याको र एन्ड्रिज हाइड्रोबीच सोमबार त्रिपक्षिय सम्झौता भएको छ । टेक्सम्याकोले आफुले गर्ने बाँकी काम पनि समयमा सम्पन्न गर्न प्रतिबद्धता जनाएको छ ।

ठेकेदारले काम नगर्दा तामाकोसीको विद्युत उत्पादन अवधि प्रभावित हुँदै गएको थियो । आयोजना निर्माण सुरु भएदेखि नै लट–२ को ठेकेदारले काममा ढिलाई गर्दै आएको थियो ।

सम्झौता अनुसार अब सुरुङभित्र लोअर पेनस्टक (तल्लो पेनस्टक) को सबै काम एन्ड्रिजले गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । ‘टेक्सम्याकोसँगको सहमति अनुसार बाँकी काम एन्ड्रिजलाई दिएका छौं,’ उनले भने,‘एन्ड्रिजले आयोजनामा आर्थिक भार नथपिने गरी सम्पन्न गर्ने सहमतिमा लट–२ को बाँकी कामको जिम्मा लिएको छ ।’

सम्झौतापछि आयोजनाको उत्पादन अवधि प्रभावित हुने जोखिम न्युनकरण भएको पनि उनले बताए । उनका अनुसार अब निर्धारित तालिका बमोजिम २०७६ कात्तिकबाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हुने भएको छ ।

टेक्सम्याकोले नगरेको काम एन्ड्रिजलाई दिन ठेक्का तोड्नु नपरेको कम्पनीले जनाएको छ । ठेक्का सम्झौतामा यससम्बन्धी व्यवस्था छ ।

एन्ड्रिजले गर्ने कामको भुक्तानी टेक्सम्याकोको ठेक्का रकमबाट कट्टा हुनेछ । लट–२ अन्तर्गत बाँधको गेट निर्माण, भर्टिकल पेनस्टक साफ्ट (ठाडो सुरुङ) जडानलगायत काम पर्छ । यस लटमा पेनस्टकको सम्पूर्ण काममध्ये तल्लो पेनस्टकको हिस्सा करिब ७४ प्रतिशत हुन्छ । चार लटमा बाँडेर सुरु भएको निर्माणको अन्य काम करिब अन्तिम चरणमा छ ।

करिब ९७.८ प्रतिशत निर्माण पूरा हुँदा साढे ४३ अर्ब रुपैयाँ खर्च भएको छ । सुरुमा ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि भूकम्प, नाकाबन्दी, ब्याज तथा अमेरिकी डलरमा आएको उतारचढावले लागत ब्याजसहित करिब ७० अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण छ ।

आयोजना निर्माणमा अहिलेसम्म करिब ४३ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजनाले विद्युतगृह गोंगरदेखि खिम्तीसम्म ४७ किलोमिटर प्रसारण लाइन निर्माण गरिरहेको छ । चौथो लटको यो कामको निर्माणले गति लिएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7
data-href="