Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो तामाकोसीको ठाडो सुरुङमा ४८ मिटर पाइप जडान

ऊर्जा खबर श्रावण २६, २०७६   1988

जलविद्युत



काठमाडौं- निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा ४८ मिटर पेनस्टक पाइप जडान भएको छ । काम सुरु गरेको २ महिनामा यति पेनस्टक पाइप जडान भएको हो ।

ad

३ सय ७२ मिटर लामो सुरुङको तल्लो खण्डमा ३५ मिटर पेनस्टक पाइप जडान भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । उनका अनुसार यो खण्डमा सोमबार थप ५ मिटर जडान हुँदैछ । ३ सय १० मिटर लामो माथिल्लो खण्डमा साढे १२ मिटर पेनस्टक पाइप जडान पूरा भएको छ । यो साता थप १० मिटर जडान हुने उनले दाबी गरे ।

‘आयोजनामा सबैभन्दा जटिल नै पेनस्टक पाइप जडानको काम हो,’ उनले ऊर्जा खबरसँग  भने, ‘दैनिक काम हुँदा पनि जडान सकिन अझै ६ महिना लाग्छ ।’ उनले आगामी माघभित्र दुवै खण्डमा पाइप जडानको काम पूरा हुने बताए ।

लामोे प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ र माथिल्लोमा ९ गतेदेखि पेनस्टक पाइप जडान सुरु भएको थियो । पेनस्टक पाइप आपूर्ति तथा जडानको ( लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल ( लट ३) को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । माथिल्लोे ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ ।

२०७२ को विनाशकारी भूकप्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ( लट २) ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माणमा ढिलाइ भएको थियो ।

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र पूरा गरी विद्युत उत्पादनको लक्ष्य थियो । तर, भूकम्प नाकाबन्दीलगायतका कारणले  निर्माण प्रभावित हुँदा उत्पाद अवधि पछि सरेकाे छ । अब चालु वर्षकाे माघ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहितकाे नयाँ एकीकृत तालिका तय गरिएको छ । आयोजनाको करिब ९८ प्रतिशत निर्माण पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="