Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अप्पर तामाकोसीको रोकिएको साधारणसभा असार ३१ मा हुने

ऊर्जा खबर असार १२, २०७६   1765

खबर



काठमाडौं- ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीको रोकिएको ११औं साधारणसभा असार ३१ गते हुने भएको छ । सर्वसाधारण सेयरधनीबाट उपस्थिति जनाउनु पर्ने संख्या (गणपुरक) नपुगेर स्थगित भएकाे साधारणसभा अबको १९ दिनपछि हुन लागेको हो ।

सञ्चालक समिति बैठकले स्थगित साधारणसभा असार मसान्तमा गर्ने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । उनका अनुसार साधारणसभा हुने नयाँ मितिबारे शुक्रबार सूचना सार्वजनिक गरेर सम्पूर्ण सेयरधनीलाई जानकारी दिइनेछ । १ साताभित्रै साधारणसभा गर्ने निर्णयमा सञ्चालक समिति पुगे पनि स्थान अभावले असार मसान्तमा पुगेको उनले बताए ।

ad

साधारणसभा सम्पन्न गर्न कम्पनीको निर्वाचन नियमावलीअनुसार गणपुरक संख्या ६७ प्रतिशत हुनु पुग्नुपर्ने व्यवस्था छ । संस्थागत लगानीकर्ता ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको ५६ प्रतिशतमात्र उपस्थिति हुँदा बुधबारका लागि तय भएको साधारणसभा स्थगित भएको थियो ।

साधारणसभामा कम्पनीको निर्वाचन नियमावलीसमेत संशोधनको प्रस्ताव लैजाने कार्यसूची छ । नियमावली संशोधनपछि साधारणसभाको गणपुरक संख्या ५१ प्रतिशत भए पुग्नेछ ।

साधारणसभाको मिति परिवर्तन भए पनि सेयरधनीको तर्फबाट उठ्ने उम्मेद्वार पुरानै हुने कम्पनी सचिव रामसुन्दर श्रेष्ठले बताए । १२ जना सर्वसाधारण सेयरधनी कम्पनीको सञ्चालक बन्न प्रतिस्पर्धामा छन् । ४ जना सञ्चालकका लागि ३ महिला सहित १२ जनाको उम्मेद्वारी परेको छ ।

सर्वसाधारण सेयरधनी समूह (ख) बाट सञ्चालक बन्न मनोनयन दर्ता हुने समयसम्म उक्त आवेदन परेको हो । कम्पनीमा ८ लाख १८ हजार सेयरधनी छन् । सेयरधनी सबैले सञ्चालक छनोट गर्न मतदान गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="