विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अप्पर तामाकोसीको सेयर बाँडफाँड, १ लाख ७२ हजार भाग्यशालीले ५० कित्ता पाए

ऊर्जा खबर मङि्सर ११, २०७५ 2202

काठमाडौं– अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीको १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर बाँडफाँड भएको छ । कम्पनीले गत कात्तिक १५ देखि १९ गतेसम्म बिक्री खुला गरेको साधारण सेयर मंगलबार बाँडफाँड गरिएको हो । बाँडफाँड भएको कुल सेयरमध्ये ७ लाख ९४ हजार २ सय ५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

१ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर सर्वसाधारणलाई बाँडिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले बताए । उनका अनुसार ६ करोड ४६ लाख १८ हजार ८ सय ४३ कित्ता सेयरका लागि सर्वसाधाणको आवेदन परेकामा १ करोड ३३ लाख ६३ हजार कित्ता सेयर सबै आवेदकलाई समान ४० कित्ता पुग्ने गरी बाँडफाँड गरिएको छ ।

दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनामा लगानी गर्न आवेदन स्वीकृत भएका ३ लाख ३४ हजार ७५ जनाले ४० कित्ता दरले सेयर पाएका छन् । स्वीकृत कुल आवेदनमध्ये गोला प्रथाबाट छनोट भएका १ लाख ७२ हजार ७ सय ७५ जना भाग्यशालीले थप १० कित्ता सहित ५० कित्ता सेयर प्राप्त गरेको कम्पनीले जनाएको छ ।

परेको ३ लाख ३९ हजार ७ सय ७५ मध्ये सि–आस्वामार्फत १ भन्दा बढी आवेदन दिने १ हजार ३२ तथा पहिलो र दोस्रो चरणको सेयर बाँडफाँडमा सहभागी भइसकेका ४ हजार ६ सय ८१ गरी ५ हजार ७ सय आवेदन रद्ध भएका छन् ।

३ चरणको सेयर बाँडफाँड सम्पन्न भएपछि माथिल्लो तामाकोसीमा लगानी गर्ने सेयरधनीको संख्या ८ लाख पुगेको छ । अबको एक महिनाभित्र नेप्सेमा सूचीकृत गरेर कम्पनीको सेयर कारोबार सुरु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="