Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अप्पर तामाकोसीको साधारणसभा स्थगित गर्न गाउँपालिका प्रमुखको चेतावनी

ऊर्जा खबर असार १०, २०७६   3504

खबर



काठमाडाैं- अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडको वार्षिक साधारणसभा तत्काल स्थगित गर्न दोलखा बिगु गाउँपालिका प्रमुख (अध्यक्ष) ले चेतावनी दिएका छन् । आज (सोमबार) कम्पनीलाई पत्र लेखी उनले यस्तो चेतावनी दिएका हुन् ।

जिल्लाबासी सेयरधनीलाई पर्याप्त जानकारी नदिई साधारणसभा गर्न लागेको भन्दै चेतावनी दिइएको हो । बुधबार (असार ११ गते) कम्पनीको साधारणसभा हुन लागेको छ ।

ad

साधारणसभाबाट सर्वसाधारण तर्फबाट ४ सञ्चालक चयन गर्ने तयारी छ । सर्वसाधारणको प्रतिनिधिको रूपमा सञ्चालक नियुक्त गर्ने सभामा जिल्लाबासी वा सबै सेयरधनीलाई जानकारी नगराएको भन्दै उनले आपत्ति जनाएका छन् ।

साधारणसभा हुनु ३ दिनअघिमात्र बिगु गाउँपालिकालाई मौखिक जानकारी आएकाले सरोकारवालासँग परामर्श गरेर अर्को मिति तोक्न पनि अध्यक्ष खड्काले आग्रह आग्रह गरेका छन् । आयोजना निर्माणक्रममा उत्पन्न समस्या समाधान गर्न जिल्ला तथा गाउँपालिकाले पुर्याएको योगदानलाई ध्यान नदिएको भन्दै उनले कम्पनीको ध्यानाकर्षण गराएका छन् ।

साधारणसभा मिति नसारे आयोजना निर्माण रोक्ने उनको घुमाउरो चेतावनी छ । उनले कम्पनीलाई लेखेको पत्रमा भनिएको छ– घोषित मितिका सबै कार्यक्रम तत्काल स्थागित गरी दोलखाका गाउँपालिका, नगरपालिका, संघ–संस्था र सरोकारवालासँग छलफल गरी अर्को मिति तोकी सबै सेयर सदस्यको मतदान गर्न पाउने अधिकार सुनिश्चित गरी राष्ट्रिय गौरवको आयोजना निर्माण अविछिन्न रूपमा अगाडि बढाउने वातावरण सिर्जना गरिदिनुहुन अनुरोध गर्दछु ।

खड्काले जिल्ला समन्वय समितिको कार्यालय चरिरकोटलाई बोधार्थ लेखेर कम्पनीलाई पत्र लेखेका छन् । सञ्चालक बन्न १२ जनाको आवेदन परेको छ । बुधबार हुने साधारणसभा र चुनावबाट ४ जना छनोट गर्ने योजना छ ।

कम्पनीले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । अहिलेसम्म आयोजनाको करिब ९८ प्रतिशत निर्माण पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="