Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तामाकोसीको सञ्चालक बन्न १२ जना भिड्दै, को बन्ला ८ लाख सेयरधनीको प्रतिनिधि ?

ऊर्जा खबर असार ०५, २०७६   4228

खबर



काठमाडौं– ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडमा सर्वसाधारणका तर्फबाट सञ्चालक बन्न १२ जनाले आवेदन दिएका छन् । सर्वसाधारण सेयरधनी समूह (ख) बाट सञ्चालक बन्न मनोनयन दर्ता हुने समयसम्म उक्त आवेदन परेको हो ।

सञ्चालकका लागि ३ महिलासहित १३ जनाले नाम दर्ता गराए पनि एक जनाबारे उजुरी परेकाले १२ जनाको मात्र सूची प्रकाशन गरिएको कम्पनी सचिव रामसुन्दर श्रेष्ठले जानकारी दिए । असार ११ गते हुने वार्षिक साधारणसभाबाट ४ जना सञ्चालक छनोट हुनेछन् ।

आज (बुधबार) प्रकाशित गरिएको नामावलीमा भोलि (बिहीबार) नाम फिर्ता लिनेका लागि समय छुट्ट्याइएको छ । शुक्रबार अन्तिम नामावली प्रकाशित हुने श्रेष्ठले बताए । कम्पनीमा ८ लाख १८ हजार सेयरधनी छन् । सेयरधनी सबैले सञ्चालक छनोट गर्न मतदान गर्न पाउनेछन् । देशैभरि सञ्चालक रहेकाले अधिकांशले प्रोक्सी राखेर मतदान गर्ने बताइएको छ ।

सञ्चालक बन्न आवेदन दिएका व्यक्तिकाे नामावली हेर्न तल क्लिक गर्नुहाेस्

Upper Tamakosi candidate Notice_2076_03_03

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="