विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लाे तामाकोसीको सेयर किन्न ३ दिनमा ४ अर्ब संकलन, अब एक दिन बाँकी

ऊर्जा खबर कार्तिक १८, २०७५ 3510

काठमाडौं– अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडको सेयर किन्न ३ दिनमा करिब ४ अर्ब रुपैयाँ संकलन भएको छ । सेयरमा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ ।

कम्पनीका अनुसार आइतबार साँझ ५ बजेसम्म २ लाख ६ हजार ९ सय ९१ आवेदकबाट ३ अर्ब ९९ करोड ७३ लाख ७ हजार रुपैयाँ संकलन भएको छ । बिहीबारबाट सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिएको थियो ।

दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा लगानी गर्न १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर खरिद गर्न सेयर माग गरिएको छ । सेयर किन्न भोलि (सोमबार) सम्म आवेदन दिन सकिनेछ ।

सर्वसाधारणले न्यूनतम  ५० देखि अधिकतम हजार कित्तासम्म किन्न आवेदन दिन पाउनेछन् । बिक्री खुला बन्द भएको ढिलोमा एक साताभित्र बाँडफाँड हुने कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटललाई नियुक्त गरिएको छ ।

कम्पनीले यसअधि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई १ करोड ८२ लाख ९९ हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरेको थियो । त्यस्तै, दोलखा जिल्लाबासीका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गरी गत बुधबार बाँडफाँड गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="