Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो तामाकोसीमा सेयर किन्नेकाे ओइरो, अहिलेसम्म डेढ लाखको आवेदन

ऊर्जा खबर कार्तिक १८, २०७५   4145

सेयर



काठमाडौं– अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडको सेयर किन्न करिब डेढ लाख व्यक्तिले आवेदन दिएका छन् । आवेदन खुलेको बिहीबारदेखि आइतबार बिहानसम्म उक्त आवेदन परेको हो ।

ad

दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा लगानी गर्न १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर खरिद गर्न सेयर माग गरिएको छ । १ लाख ४७ हजार ६ सय ७० आवेदकबाट २ अर्ब ७५ करोड ६२ लाख रुपैयाँ संकलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।

सेयर किन्न भोलि (सोमबार) सम्म आवेदन दिन सकिनेछ । सर्वसाधारणले न्यूनतम  ५० देखि अधिकतम हजार कित्तासम्म किन्न आवेदन दिन पाउनेछन् । बिक्री खुला बन्द भएको ढिलोमा एक साताभित्र बाँडफाँड हुने कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटललाई नियुक्त गरिएको छ ।

ad

कम्पनीले यसअधि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई १ करोड ८२ लाख ९९ हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरेको थियो । त्यस्तै, दोलखा जिल्लाबासीका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गरी गत बुधबार बाँडफाँड गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="