विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तामाकोसीको सेयर बाँडफाँड भएको एक महिनासम्म पैसा फिर्ता आएन

सागर केसी मङि्सर २०, २०७५ 2403

दोलखा– माथिल्लो तामाकोसी जलविद्युत आयोजना प्रभावितका लागि आवेदन गरेको सेयर बाँडफाँड भएको एक महिनासम्म बाँकी पैसा फिर्ता भएको छैन । सेयरमा नपरेको पैसा लगानीकर्ताले ५ दिनभित्र पाउँनुपर्ने व्यवस्था छ । तर, आयोजना प्रभावित तथा स्थानीय लगानीकर्ताले भने पैसा फिर्ता पाएका छैनन् ।

लगानीकर्ताहरू पटक–पटक बैंकमा पुग्दा पनि पैसा छैन भन्ने जवाफ मात्र आउँछ । स्थानीय सहकारीबाट १७ प्रतिशत व्याजमा ऋण गरेर ५ महिनाअघि अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीको सेयर किन्न आवेदन दिएका तामाकोसी गाउँपालिका–२ झुलेका जित कार्की एक महिनादेखि पैसा फिता लिन हरेक हप्ता बैंक धाइरहेका छन् ।

गौरीशंकर गाउँपालिका–२ का रामशरण कार्कीले एक हप्ताअघि चरिकोट आएर आफ्ना २ जना परिवारको मात्र रकम फिर्ता लिए । थप २ जनाको रकम आइतबारसम्म पाएका छैनन् । ‘आफ्नो खाता रहेको बैंकमा सोध्दा तपाईको खातामा ब्यालेन्स छैन’ भन्ने जवाफमात्र पाएको उनले बताए ।

राम्रो आयोजनाको सेयर लिँदा सुनको अण्डा पार्ने भन्ने सुनेर परिवारका ४ जनाको नाममा ३० हजारका दरले १ लाख २० हजार रुपैयाँको आवेदन दिएका थिए । तर, प्रतिव्यक्ति ३४ कित्ता सेयर पर्यो भन्ने सुने । बाँकी पैसा फिर्ता हुन किन समय लागेको भन्ने उनको गुनासो छ ।

‘सहकारीबाट लिउको ऋणको किस्ताको भाखा समेत नाघिसक्यो । किस्ता नाध्दा सहकारीले निरन्तर ताकेता गर्दै आएको छ,’ उनले ऊर्जा खबरसँग गुनासो पोखे,’ सेयर आवेदन गर्न सदरमुकाम आउँदा, फिर्ता लिन आउँदा र सहकारीको व्याज समेत हिसाब गर्दा परेको सेयरभन्दा बढी खर्च भइसकेको छ ।’

एक बैंक कर्मचारीका अनुसार दैनिक पैसा लिन आउँदै फकर्नेको संख्या धेरै छ । कतिले बैंक कर्मचारीलाई गाली गर्छन् । फोनमा सोध्नेहरू पनि उत्तिकै छन् । ती कर्मचारीका अनुसार अझैं एक तिहाई व्यक्तिको सेयरमा नपरेको पैसा फिर्ता आउँनै बाँकी छ ।

सेयरको सह–बिक्री प्रबन्धक सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकारी विजयलाल श्रेष्ठले नाम र बैंक खाता नमिलेका १५ प्रतिशत जति फारामको मात्र समस्या रहेकाको मात्र पैसा फिर्ता हुन नसकेको बताए । ‘बैंकमा पैसा नआएको विषय हामीलाई पनि दैनिक फोन आउने गरेको छ,’ उनले भने, ‘५० हजार जति फाराम त्यस्ता छन् ।’

कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि गत साउन १६ देखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता सेयरका लागि निवेदन आह्वान गरेको थियो । आवेदन संकलन केन्द्र रहेका बैंकबाट बिक्री प्रबन्धकले फाराम संकलन गर्नुपर्नेमा २० दिनसम्म बेवास्ता गरेपछि आयोजना आफैंले फराम संकलन गरेर सनराइज क्यापिटलमा बुझाएको थियो ।

बिक्री प्रबन्धकमा नागरिक लगानी कोष तथा सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको तामाकोसीको प्राथमिक सेयर (आईपीओ) कात्तिक १५ गते बाडँफाँड भएको थियो । तर, सेयर बाँडफाँट भएको ४ दिनपछि सबै आवेदकको खातामा पैसा जाने बताएको सनराइजले हालसम्म पनि सबै आवेदकको खातामा पैसा पठाएको छैन ।

अति प्रभावित ‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ता माग गर्ने आवेदकले मागबमोजिम पाएका थिए भने ११० देखि ३०० कित्ता माग गर्नेले १०२ कित्ताका दरले सेयर पाएका थिए । यस्तै, ‘ख’ वर्गका ३० कित्ता माग गर्नेले ३० किता, ४० कित्ता माग गर्नेले ३२ कित्ता र ५० देखि ३०० कित्ता माग गर्नेले ४८ कित्ता पाएका थिए ।

‘ग’ वर्गका ३० कित्ता माग गर्ने लगानीकर्ताले ३० कित्ता, ४० कित्ता माग गर्नेले ३२ कित्ता र सोभन्दा माथि अवेदन गर्नेले ३४ कित्ता पाएका थिए । एक महिनाअघि आवेदन गरेका सर्वसाधारणले पनि बाँडफाँडपछि सेयरमा नपरेको पैसा आफ्नो खातामा फिर्ता पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="