Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दुई सातामा तामाकोसीको ठाडो सुरुङमा पेनस्टक जडान, पुस १५ भित्र पहिलो युनिट सञ्चालनको लक्ष्य

बैशाख ०९, २०७६   1507

खबर



गोंगर (दोलखा)– राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजना (४५६ मेगावाट) को तल्लो ठाडो सुरुङमा आगामी दुई साताभित्र पेनस्टक पाइप जडान गरिने भएको छ । आयोजनाले सोही योजना अनुसार काम गरिरहेको छ ।

माथिल्लो ठाडो सुरुङमा वैशाखभित्र पेनस्टक पाइन जडान सुरु गर्ने तयारी छ । आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३ सय ७२ मिटर पेनस्टक पाइप जडान र परीक्षण अत्यन्तै जटिल एवं चुनौतीपूर्ण मानिएको छ ।

तल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाई र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नुपर्ने छ । माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने बेन्ड पेनस्टक पाइप  जडान भइसकेका छन् । अब ती बेन्ड पाइपभन्दा माथि पाइप जडान सुरु गर्न क्रेन राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

पेनस्टक पाइप आपूर्ति तथा जडान ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले काम गर्न ढिलो गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रो मेकानिकल (लट–३) ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।

अपर तामाकोसी हाइड्रो पावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच २०७५ पुस २३ गते आयोजनालाई थप वित्तीय भार नपर्ने गरी काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्सयाकोले नै गरिरहेको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको २०७५ चैत ९ गतेको निर्देशनअनुसार कामलाई तीव्रता दिइएकोछ  । मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशनसमेत दिएका थिए ।

आयोजनाको अत्यन्तै जटिल एवं चुनौतीपूर्ण मानिएको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको प्रगतिबारे विस्तृत छलफल तथा समीक्षा गरिएको छ । यस्तै, बाँध, इन्टेक र बालुवा थिग्रयाउने पोखरी आगामी जेठको पहिलो साताभित्र पानी भरी परीक्षण गर्ने योजना छ ।

२०७२ सालको विनाशकारी भूकप्प र त्यसपछिका पराकम्पन एवं बाढी–पहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रो मेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाई भएको छ

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्पलगायत कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५/७६ को पुसभित्र सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो ।

लट–२ ठेकदारको कमजोर कार्यसम्पादनले निर्माण प्रभावित भएपछि १५ पुस  २०७६ (३१ डिसेम्बर २०१९) भित्र एक युनिट (७६ मेगावाट) बाट विद्युत् उत्पादनको लक्ष्यसहित नयाँ तालिका तय गरी काम भइरहेको छ ।

आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ थियो । निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड रुपैयाँ थियो ।

अहिले आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ (निर्माण अवधिको ब्याज बाहेक) पुग्ने संशोधित अनुमान छ । निर्माण अवधिको व्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुग्ने संशोधित अनुमान छ ।

आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानले २-२ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैया सरकारले ऋण लगानी गरेका छन् । कम्पनीमा प्राधिकरणको ४१, टेलिकमको ६, लगानी कोष तथा बीमा संस्थानको २-२ प्रतिशत संस्थापक सेयर छ ।

कम्पनीमा सर्वसाधारणको १५, दोलखाबासीको १०, सञ्चय कोषका सञ्चयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत सेयर छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="