Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९३२१ मे.वा. घन्टा
  • भारत : १०८२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१०४५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘राष्ट्रिय गाैरवकाे आयाेजना माथिल्लो तामाकोसीलाई मेलम्ची बनाउने षडयन्त्र !’

ऊर्जा खबर असार ०४, २०७६   2950

खबर



काठमाडाैं- नेपाल विद्युत प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक तथा जलस्राेत इन्जिनियर रवीन्द्रबहादुर श्रेष्ठले ४ सय ५६ मेगावाटकाे माथिल्लाे तामाकाेसी जलविद्युत आयाेजनाकाे हविगत मेलम्ची खानेपानीकै जस्ताे हुँदै गएकाे भन्दै चिन्ता व्यक्त गरेका छन् । आयाेजना निर्माणमा ढिलाई भइरहँदा उनले यस्ताे अभिवयक्ति दिएका हुन् ।

श्रेष्ठले आफ्नाे चिन्ता एवं चासाे यसरी बुँदागत रूपमा व्यक्त गरेका छन् ।

ad

१) विगतमा दातृ राष्ट्रबाट प्राप्त हुने अनुदान/ऋण सहयोगमा बन्ने आयोजनाको लागत बढेको पाइयो । यसको मुख्य कारण कमिसन एजेन्टको संलग्नता, राजनीतिक हस्तक्षेप र दाताहरूको सर्त हाे । सरकारले आयोजना बनाउन छाेडेर, नदी भाडामा दिन थालेपछि विद्युत महंगाे हुँदै गयो । जलविद्युतको धनी देशमा यस्तो हुननपर्ने लागेर, केही कर्मठ इन्जिनियरहरूले आफ्नै सीप र पुँजीमा आयोजना बनाउने सोच बनाए ।

अतः नेपाल विद्युत प्राधिकरणका इन्जिनियरहरूले ५१ प्रतिशत आफ्नाे स्वामित्वमा राखी ४९ प्रतिशत जनताको सेयर हुने गरी २२ मेगावाटकाे चिलिमे निर्माण गरे । याे आयाेजना १००० US$/kw मा सम्झौता भयो । तर, तत्कालीन जलस्राेत मन्त्रालयअन्तर्गतकाे विद्युत विकास (विनाश) केन्द्रले काम सुरु भएको ९ महिनासम्म पनि निर्माण लाइसेन्स दिएन । यही कारण निर्माण सामाग्रीमा २३ प्रतिशत भन्सार तिर्नुपर्दा ठेकेदारले काम छाेड्याे ।

पुनः टेन्डर गरी निर्माण गर्दा पनि यसको निर्माण लागत १५०० US$/kw नाघेन । सरकारी हस्तक्षेप कम भएपछि यो नेपालमा सबैभन्दा सस्तोमा बनेको आयोजना हो ।

२) चिलिमेको सफल निर्माणले प्राधिकरणका सक्रिय इन्जिनियरहरूले अन्य संस्था र जनताको लगानीमा देशकै सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटकाे माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम सुरु गरे ।

यति ठूलो आयोजना प्राधिकरण आफैंले बनाउला भनेर कसैलाई विश्वास लागेको थिएन । र, निहित स्वार्थ भएकाहरूबाट बाधा अडचन आएन । आयोजनाको काम लक्ष्यअनुसार १००० US$/kw भन्दा कममा पुरा हुनेतर्फ अग्रसर भइरह्यो । अर्कोतर्फ, साहुजीका निजी कम्पनीले निर्माण लागत बढी (दोब्बर ३००० US$/kw) देखाएर प्राधिकरणसँग दोब्बर दर (६.५ ~८ Rs/kWh) मा विद्युत सम्झौता गरे ।

दुई वर्षअघि नै ९६ प्रतिशत काम पूरा भइसकेको तामाकोसीमा हाइड्रो-मेकानिकल इन्डियन ठेकेदार टेक्सम्याकाेले काम नगर्दा आयोजना समयमै पूरा हुन नसकेको जानकारी आएको थियो । सिभिल, इलेक्ट्रो-मेकानिकल वृहत् काम पूरा भइसक्दा पनि एउटा सानो इन्डियन ठेकेदारले दुई वर्ष आयोजना पूरा हुन नदिनुको के अर्थ लाग्छ ? कति आर्थिक नोक्सानी हुन्छ ? सरकारको दिमागमा जाला ?

हालैको फेसबुकमा माथिल्लो तामाकोसी लागत दोब्बर हुने पढेर जलस्राेत उद्यमी भनिने ज्ञानेन्द्रलाल प्रधान दङ्ग परेको देख्दा पत्रकार विकास थापाले ‘तपाईं किन यसरी खुशी हुनु भएको’ भनेर कमेन्ट पनि गरेका थिए । तामाकोसी समयमै पूरा भएमा निजी कम्पनीले ३ गुणा लागत बढाएर प्राधिकरणसँग विद्युत सम्झौता गरेको पोल खुल्ने छ । अतः सबै नाफाखोर निजी जलविद्युत कम्पनि एकजुट भएर सस्तो तामाकोसीलाई अर्को मेलम्ची आयोजना बनाउनेतर्फ लागेका छन् ।

अहिले आयाेजनाकाे काम ९८ प्रतिशत पूरा भएकाे भनिएकाे छ । अब हेर्न बाकी छ । १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री वर्षमान पुन र लोडसेडिङ घटाउने ‘हिरो’ कुलमान घिसिङ्ले तामाकोसीको बाँकी २ प्रतिशत काम कहिलेसम्म पूरा गर्नेछन् । बाँकी जनता यो प्राविधिक विषय भनेर चुप लागेर बस्ने कि भ्रष्टाचार विरुद्ध आवाज उठाउने ? 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="