Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९५४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९७३ मे.वा. घन्टा
  • भारत : ५८४४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो त्रिशूली-३ ‘ए’ चालू वर्षभित्र सम्पन्न गर्न मन्त्री पुनको निर्देशन

ऊर्जा खबर माघ २७, २०७५   1945

खबर



काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजना चालु वर्षभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । आयोजनाको स्थलगत निरीक्षणपछि आइतबार मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् ।

माथिल्लो त्रिशूली ३ बी को शिलान्यास गर्न नुवाकोट पुगेका पुनले त्रिशूली ३ ए को पनि स्थलगत अवलोकन गरेको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए । उनका अनुसार पुनले निरीक्षणपछि आयोजनाका पदाधिकारी, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिए ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले पनि शनिबार आयोजनाको स्थलगत भ्रमण गरेर निर्धारित समयमा सम्पन्न गर्न भनेका छन् । सचिव घिमिरेले आयोजना प्रमुख जोशी, ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी), परामर्शदाता नर्थ वेष्ट हाइड्रो इन्जिनियरिङ कर्पोरेशन (एनडब्ल्युएच) का प्रतिनिधीसँग बैठक गरी जनशक्ति थप गरेर भए पनि आयोजना समयमा सम्पन्न गर्न दबाब दिएका छन् ।

मन्त्री र सचिवको निर्देशनपछि जनशक्ति थप गरेर आयोजनाको निर्माण गति बढाउने प्रतिवद्धता सिजिजिसीले जनाएको जोशीले जानकारी दिए । ‘मन्त्री र सचिव ज्यूले चाँडो काम सक्न निर्देशन दिनुभयो,’ उनले भने,‘उहाँहरुको निर्देशन अनुसार कामदार थपेर समयमा काम सम्पन्न गर्न ठेकेदार सहमत भएको छ ।’

चालु वर्षभित्रै सक्ने गतिमा काम अघि बढे पनि चिनियाँ नयाँ वर्ष परेकाले केही सुस्त हुन पुगेको उनले बताए । नयाँ वर्ष सकिएपछि ठेकेदारलाई बाँकी काम सम्पन्न गर्न ५ वटा समूह बनाएर काम गर्न दबाब दिइरहेको आयोजनाले जनाएको छ ।

२०६८ साल वैशाखबाट निर्माण सुरु भएको आयोजना ८५ प्रतिशत पूरा भएको छ । पछिल्लो तालिका अनुसार २०१९ अप्रिल ३० तारिक (२०७६ बैशाख १७ गते) आयोजनाको दुवै युनिट (३०/३० मेगावाटका दुई युनिट) बाट विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

आयोजनाको विद्युत १.५ किलोमिटर दूरीमा निर्माण भइरहेको १३२ केभी त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="