Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८९७० मे.वा. घन्टा
  • निजी क्षेत्र : ६८१७ मे.वा. घन्टा
  • भारत : ९००२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४७८९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो त्रिशूली ३ ‘ए’ को ३० मेगावाट विद्युत वैशाख १७ मा जाेडिने

ऊर्जा खबर चैत ०५, २०७५   1543

खबर



काठमाडौं– सिभिल संरचनाको परीक्षण सुरु भएको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको एउटा युनिट वैशाखबाट सञ्चालन हुने भएको छ । रसुवा र नुवाकोटको सीमामा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको आयोजनाको ३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो । ६० मेगावाटको आयोजनामा ३०/३० मेगावाटका २ वटा युनिट राखिनेछ ।

पहिलो युनिटले उत्पादन गर्ने ३० मेगावाट विद्युत वैशाख दोस्रो साताभित्र उत्पादन हुने आयोजना नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार व्यवस्थापन, परामर्शदाता, ठेकेदार कम्पनी सम्मेलित बैठकले वैशाख १७ गतेभित्र उत्पादन सुरु गर्ने निर्णय गरेको हो ।

पहिलो युनिटको विद्युत प्रणालीमा जोडिएपछि आगामी असार १५ बाट दोस्रो युनिटको ३० मेगावाट उत्पादन गर्ने प्रतिवद्धता ठेकेदार कम्पनीले गरेको पनि उनले बताए । उनले प्राधिकरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलको निरन्तरको ताकेतापछि चालु वर्षभित्र आयोजनाबाट उत्पादन सुरु गर्न सम्भव भएको बताए ।

राजधानी नजिकै रहेको आयोजनाबाट उत्पादन सुरु भएपछि विद्युतको माग र आपूर्ति व्यवस्थापन गर्न महत्त्वपूर्ण हुने प्राधिकरणको दाबी छ । त्रिशूली नदी बेसिनमा निर्माणाधीन आयोजनाको विद्युत जोडिने प्रसारण लाइन तयारी अवस्थामा रहेकाले पनि राजधानी ल्याउन सहज हुने प्राधिकरणको भनाइ छ ।

गत शुक्रबारबाट आयोजनाको डिसेन्डर (बालुवा थिग्रयाउने पोखरी) बाहिर रहेका सिभिल संरचनाको परीक्षण सुरु भएको छ । संरचना परीक्षणको काम चैत ११ गतेभित्र सम्पन्न गर्ने प्राधिकरणले जनाएको छ ।

२ वैशाखसम्म बालुवा डिसेन्डर, मुख्य सुरुङ लगायत संरचनाको दुई चरणको परीक्षण हुनेछ । यही अवधिमा विद्युतगृहमा जडान भएका इलेक्ट्रोमेकानिकल उपकरणको परीक्षण गरिनेछ । संरचना तथा उपकरण परीक्षण गर्दा पहिले पानी नभरी र दोस्रो चरणमा पानी भरेर गरिने प्राधिकरणले जनाएको छ ।

अहिले हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरणको जडान तथा परीक्षण भइरहेको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए । उनका अनुसार उत्पादन सुरु हुनु अघि प्रसारण लाइन पनि तयार गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ ।

आयोजनाको विद्युत प्रवाह हुने त्रिशूली–मातातीर्थ २ सय २० केभी प्रसारण लाइन चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनले गरिरहेको छ । मातातीर्थमा १३ सय मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ ।

प्राधिकरणको लगानी रहेको आयोजनामा चिनियाँ एक्जिम बैकले सहुलितपूर्ण ऋण लगानी गरेको छ । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल, हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फको काम चाइना गेजुबा ग्रुप अफ कम्पनीज (सिजिजिसी) ले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="