Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८००६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२५ मे.वा. घन्टा
  • भारत : ९६८३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३३१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो त्रिशूली ३बी आयोजनाको निर्माण सुरु, मन्त्री पुनले गरे शिलान्यास

ऊर्जा खबर माघ २७, २०७५   1751

खबर



काठमाडौं- ३७ मेगावाटकाे माथिल्लो त्रिशूली ३बी जलविद्युत आयोजनाको निर्माण सुरु भएकाे छ । नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को मुख्य लगानी रहेकाे आयोजनाकाे संरचना निर्माणकाे काम सुरु भएकाे हाे ।

ad

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आइतबार आयोजना सुरु भएकाे औपचारिक शिलान्यास गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएता पनि विशेष कारणले स्थगित भएपछि मन्त्री पुनले शिलान्यास गरेका हुन् । मन्त्री पुनले आयोजनाको निर्माण तोकिकाे लागत र समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीका अध्यक्ष कुलमान घिसिङले ठेकेदार कम्पनीले हाल निर्माण कार्यका लागि आवश्यक सम्पूर्ण निर्माण उपकरण तथा सामाग्रीको परिचालन गरी मुख्य सुरुङ (३८००मिटर), विद्युत गृह, सर्ज ट्यांक लगायतका संरचनाको काम सुरु गर्न लागिएकाे बताए । आयोजनाले २०७७  फागुन २९ गतेबाट विद्युत उत्पादन थाल्ने गरी निर्माण सुरु गरिरएकाे उनले बताए ।

ad

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २०७४ माघ  २९ मा  ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको भइसकेकाे छ । सम्झौताअनुसार, ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्नेछ ।

रसुवा र नुवाकोटमा निर्माण हुने आयोजना प्राधिकरणले हाल निर्माणाधीन ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए को क्यास्केड हो । क्यास्केड भएकाले  आयोजनाकाे बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्दैन ।

आयोजनाकाे प्रवर्द्धक कम्पनीमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत सेयर स्वामित्व छ । रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

आयोजना सम्पन्न गर्न ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा ७० प्रतिशत ऋण ((५ अर्ब ७६ करोड रुपैयाँ) र ३० प्रतिशत स्वपुँजी (२ अर्ब ४७ कराेड रुपैयाँ ) लगानी हुनेछ ।

आयोजना पूरा भएपछि सुख्खायाममा ( मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजना सञ्चालन भएपछि विद्युत् बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपैयाँ बराबरकाे आम्दानी हुने कम्पनीका प्रबन्ध सञ्चालक मोहन गौतमले बताए ।

आयोजनाको विद्युत आयोजनाको विद्युतगृहबाट ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली थ्रिबी हब सबस्टेसनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="