Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

राेल्वालिङकाे पहुँच सडक र अडिट सुरुङ हाई हिमालयले बनाउने

ऊर्जा खबर कार्तिक २, २०७६   3415

खबर



काठमाडाैं । २२ मेगावाटकाे राेल्वालिङ जलविद्युत आयोजना निर्माण अघि बढाउन अप्पर तामाकाेसी हाइड्रो पावर लिमिटेडले ठेक्का सम्झाैता गरेकाे छ । कम्पनीले आयोजनाकाे पहुँच मार्ग र अडिट सुरुङ निर्माण गर्न हाइ हिमालय हाइड्राे कन्स्ट्रक्सन कम्पनीसँग बिहीबार सम्झाैता गरेकाे हाे ।

सम्झाैतामा कम्पनीका कार्यकारी निर्देशक विज्ञानप्रसाद श्रेष्ठ र हाइ हिमालयका अध्यक्ष किरण मल्लले हस्ताक्षर गरे । सम्झाैता अनुसार हाइ हिमालयले राेल्वालिङ आयोजनाकाे पहुँच मार्ग र अडिट सुरुङ निर्माण गर्नेछ ।

ad

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी  निर्माण गरिरहेको ‘अप्पर तामाकोसीले रोल्वालिङ आयोजना निर्माण गर्दैछ । दोलखाको छ्यो रोल्पा हिमतालबाट निस्केको पानी प्रयोग गरी विद्युत उत्पादन गर्न आयोजना अघि बढाइएकाे हाे ।

रिकु र सिमी गाउँमा बाँध निर्माण गरी साढे ६ किलोमिटर सुरुङबाट विद्युतगृहसम्म पानी खसालेर विद्युत उत्पादन गरिनेछ । विद्युतगृह तामाकोसीको बाँधभन्दा केही माथि निर्माण हुने कम्पनीले जनाएकाे छ । यसअघि उक्त खोलाबाट ल्याइएको पानी तामाकोसीको जलाशयमा मिसाएर १७ करोड युनिट थप विद्युत उत्पादन गर्ने लक्ष्य थियो ।

पछिल्लो योजनाअनुसार पहिला २२ मेगावाटको छुट्टै विद्युतगृह बनाउने र त्यसबाट निस्केको पानी तामाकोसीको जलाशयमा मिसाइनेछ । यसो हुँदा तामाकोसीकाे  ऊर्जा उत्पादन पनि बढ्नेछ । क्यू४० मा निर्माण हुने आयोजनाको लागत करिब ४ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।चालू वर्षभित्र आवश्यक पूर्वाधार तयार गरेर नयाँ आर्थिक वर्षदेखि आयोजनाकाे संरचना निर्माण सुरु गरी ४ वर्षमा पूरा गर्ने लक्ष्य छ ।

 

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="