Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

उत्तरगंगाको परामर्शदाता छनोट गर्न बोलपत्र आह्वान, साढे २ वर्षमा निर्माण थालिने

ऊर्जा खबर बैशाख ०२, २०७६   1874

खबर



काठमाडौं– ८ सय २८ मेगावाटको उत्तरगंगा जलाशय जलविद्युत आयोजनाको परामर्शदाता छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान भएको छ । आयोजनाको सम्भाव्यता अध्ययन रिपोर्टको समीक्षा गर्न उत्तरगंगा पावर कम्पनी लिमिटेडले बोलपत्र आह्वान गरेको हो ।

योग्यता पुगेका परामर्शदाता कम्पनीले आवेदन दिन पाउने कम्पनीका प्रबन्ध सञ्चालक निकेशकुमार झाले बताए । उनका अनुसार आगामी वैशाख २९ गते (मे १२, २०१९) भित्र आवेदन दिइसक्नु पर्नेछ ।

६ देखि ९ महिनाभित्रमा परामर्शदाता छनोटको प्रक्रिया पूरा हुने उनले बताए । प्रतिस्पर्धाबाट छनोट भएको परामर्शदाताले आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गर्नेछ ।

परामर्शदाताले आयोजना निर्माणका लागि ठेकेदार छनोट गर्न ठेक्का आह्वानको कागजात तयार गर्ने पनि झाले बताए । परामर्शदाताले यी काम सम्पन्न गर्न डेढ वर्ष लगाउने उनको दाबी छ । थप एक वर्षको अवधिमा ठेकेदार छनोटको प्रक्रिया पूरा गरेर साढे २ वर्षभित्र आयोजनाको संरचना निर्माण गर्न सुरु गरिने कम्पनीले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले अध्ययन गरेको आयोजनालाई अहिलेसम्म पहिचान भएकामध्ये सबैभन्दा आकर्षक मानिएको छ । यो आयोजनाले सुख्खायाममा शतप्रतिशत ऊर्जा उत्पादन गर्नेछ । १३ सय ५५ मिटर हेड (जलाशयदेखि टर्बाइनसम्मको उचाइ) ले पनि आयोजनालाई थप आकर्षक बनाएको उनले बताए ।

ऊर्जा संकट निवारण गर्न जलाशय आयोजना अपरिहार्य भएकाले सुख्खायामको ६ महिनाको विद्युत माग धेरै हुने (पिक लोड) समयमा ११ घन्टासम्म पूर्ण क्षमतामा चलाउन सकिने उत्तरगंगाको निर्माण अघि बढाउन लागिएको झाले बताए ।

आकर्षक आयोजना भएकै कारण यसलाई उछिट्याउन चलखेल चलेकाले लामो समय अध्ययन प्रभावित भएको थियो । अहिले बिना अवरोध चालु वर्षभित्र सम्भाव्यता अध्ययन पूरा गर्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।

प्राधिकरणले उत्तरगंगा पावर कम्पनी स्थापना गरेर आयोजना निर्माणकाे प्रक्रिया अघि बढाएकाे छ । वार्षिक १ अर्ब ३० करोड युनिट विद्युत उत्पादन हुने यो आयोजना सम्पन्न गर्न १ खर्ब ७० अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="