Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :६५४७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६४१४ मे.वा. घन्टा
  • भारत : ९३१६ मे.वा. घन्टा
  • ट्रिपिङ : ६० मे.वा. घन्टा
  • माग : २२३३७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भारतका १५ लाख विद्युत कर्मचारी हडतालमा, २ दिन काम बहिस्कारको घोषणा

ऊर्जा खबर पुष २२, २०७६   3820

अन्तर्राष्ट्रिय



नयाँ दिल्ली । विद्युत संशोधन विधेयक २०१९ को बिरोधमा भारतमा १५ लाख विद्युत कर्मचारी आन्दोलित भएका छन् । नयाँ विधेयकले विद्युत वितरणकाे जिम्मेवारी निजी कम्पनीलाई सुम्पिन खोजेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीले संयुक्त संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आन्दोलनका क्रममा देशभरका कर्मचारीले बुधबार र बिहीबार कार्यलयको काम बहिस्कार गर्ने भएका छन् ।

२ दिन ग्रिड र उत्पादन बाहेकका कर्मचारीले काम नगर्ने संघर्ष समितिका संयोजक शैलेन्द्र दुबले बताए । उनका अनुसार हडतालको समयमा वितरण प्रणालीमा आउने फल्टको समस्यासमेत समाधान नगर्ने कर्मचारीले अडान राखेका छन् ।

विद्युत वितरणको जिम्मा दिँदा सरकारको लगानीमा निजी कम्पनीले मुनाफा मात्रै कमाउने र उपभोक्ताले महंगो मूल्य तिर्नुपर्ने अवस्था आउने संघर्ष समितिको आरोप छ । निजी कम्पनीले विद्युत वितरण गर्न थालेपछि ३ वर्षपछि सरकारले दिने अनुदान सकिने र अहिलेको प्रतियुनिट ६.७४ रुपैयाँको विद्युत महंगो हुने संघर्ष समितिले दाबी गरेको छ ।

निरन्तर घाटामा गएको विद्युत बोर्डको सट्टा हिमाञ्चल र केरला राज्यको जस्तै विद्युत परिषद लिमिटेड गठन गर्न संघर्ष समितिले माग गरेको छ । विद्युतीय संस्थाहरूको एकिकरण हुनुपर्ने तथा पुरानो पेन्सन बहाली हुनु पर्ने माग पनि कर्मचारीले राखेका छन् ।

सरकारले गरीब तथा किसानलाई छल हुने गरी विधेयक आएकाले संसदकाे शीतकालिन सत्रबाट पास हुन नहुनेमा उनीहरूले जाेड दिए । शीतकालिन सत्रले विधेयक पास गरेमा बिना जानकारी भारत भरीकाे विद्युत सेवा बन्द गरेर हडतालनमा बस्ने चेतावनी संघर्ष समितिले दिएकाे छ ।

भारतीय  समाचार एजेन्सीहरूबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="