Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

लिवर्टी इनर्जीमा ‘प्लान्ट म्यानेजर’ पदमा रोजगारीको अवसर 

ऊर्जा खबर कार्तिक ०३, २०७६   477

जागिर



काठमाडौं । लिवर्टी इनर्जी कम्पनीमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले लमजुङमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका लागि ‘प्लान्ट म्यानेजर’ को पदपूर्ति गर्न आवेदन खुलाएको हाे ।

आयोजना स्थलमा बसेर व्यवस्थापन गर्न सक्ने योग्य व्यक्तिका लागि रोजगारीको अवसर खुलेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इलेक्ट्रिकल /मेकानिकल इन्जिनियररिङमा स्नातक गरेर ७ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको वा इलेक्ट्रिकल /हाइड्रो मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा ५ वर्षको अनुभव भएको व्यक्तिले आवेदन दिन पाउनेछन् ।

ad

आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि लमजुङमा बसेर विद्युतगृह सञ्चालन गर्न योग्य व्यक्ति छनोट गरिने कम्पनीले जनाएको छ । इच्छुक व्यक्तिले आगामी कात्तिक २० गतेभित्र आवेदन दिनुपर्नेछ ।

आवेदकले व्यक्तिगत विवरण तथा अपेक्षित तलब उल्लेख गरेर hydro.vacancy@hotmail.com मा पठाउनु पर्नेछ । छनोट सूचीमा परेका आवेदकलाई कम्पनीले अन्तर्वार्ताका लागि बोलाउनेछ ।

आयोजना निर्माणकाे अन्तिम चरणमा छ । आयोजनाबाट २०७७ वैशाख १ गतेदेखि विद्युत उत्पादन सुरु गर्ने पछिल्लाे तालिका छ । चाँडै नै विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि गत साउनमा दाेर्दी खाेलामा आएकाे बाढीले संरचनामा क्षति पुगेपछि अवधि लम्बिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="