Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कर्णाली नदी किनार ‘चिसापानी’मा २ मेगावाटको वायु ऊर्जा निर्माण हुने

ऊर्जा खबर असार २४, २०७६   1664

नवीकरणीय ऊर्जा



काठमाडौं– सरकारले कर्णाली नदी किनार (चिसापानी) मा २ मेगावाटको वायु ऊर्जा आयोजना निर्माण गर्ने भएको छ । चिसापानी बजार र कैलालीमा विद्युतीकरण गर्ने लक्ष्यअनुसार निर्माण योजना अघि बढाइएको हो ।

बर्दिया र कैलालीको सिमाना चिसापानीमा कैलालीतर्फ निर्माण प्रक्रिया अघि बढाइएको छ । यो ठाउँ रानी जमरा कुलरिया सिँचाइ आयोजनाको बाँध छेवैमा पर्छ । एसियाली विकास बैंक (एडिबी) को सहयोग र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अग्रसरतामा विस्तृत अध्ययन भइरहेको छ ।

दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) आयोजना अन्तर्गत अहिले एडिबीकै पिडब्लूसी नामको परामर्शदाताले अध्ययन गरिरहेको जनाइएको छ । लम्कीबाट तानिएको ३३ केभी प्रसारण लाइनमा जोड्ने गरी आयोजना निर्माण हुने केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले बताए ।

एडिबीको अनुदानमा केन्द्रले अहिले देशका विभिन्न ठाउँमा सोलार मिनी ग्रिड, वायु–सोलार हाइब्रिड आयोजना निर्माण गरिरहेको छ । यसलाई अझ विस्तार गर्दै ठूलो आयोजना निर्माणलाई प्राथमिकता दिइएको पनि अधिकारीले बताए ।

प्रतिमेगावाट करिब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणमा सरकारले आगामी आर्थिक वर्षका लागि १० करोड रुपैयाँ बजेटसमेत विनियोजन गरेको केन्द्रले जानकारी दिएको छ । यसमा बाँकी एडिबीको सहयोग हुने बताइएको छ ।

आयोजना निर्माणमा लम्की–चुहा नगरपालिकाले आवश्यक सहयोग गर्ने नगर प्रमुख महादेव बजगाईंले बताए । मिश्रित ऊर्जा विकास र स्थानीय अर्थतन्त्रको आकार फराकिलो बनाउन पनि यस्ता आयोजनाको महत्त्व रहेको उनको धारणा थियो ।

दुई वर्षभित्र हरेक घरमा उज्यालो पुर्याउने सरकारको योजनामा एडिबीले आर्थिक सहयोग गर्दै आएको छ । यो सँगै प्रदेश २ को विद्युतीकरणमा पनि एडिबीले सरकारलाई सहयोग गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="