Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अरुण भ्यालीले १७ वर्षपछि युरोपियन उपकरण भित्र्याउँदै

ऊर्जा खबर भदौ २२, २०७६   2527

खबर



काठमाडौं— अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले १७ वर्षपछि आफूले निर्माण गर्न लागेको जलविद्युत आयोजनामा युरोपियन उपकरण खरिद तथा जडान गर्ने भएको छ । कम्पनीले ३ मेगावाटको पिलुवा खोला निर्माणपछि अब बन्न लागेको काबेली ‘बी’–१ क्यासकेडका लागि यस्तो निर्णय गरेको हो ।

अरुण भ्यालीको सहायक कम्पनी ‘अरुण काबेली पावर लिमिटेड’ले निर्माण गरिरहेको २५ मेगावाटको काबेली ‘बी’–१ को क्यासकेडको रूपमा ९.९४ मेगावाटको अर्को आयोजना निर्माण हुँदैछ । कम्पनीका अनुसार पाँचथरमा निर्माण हुने आयोजनामा जर्मन कम्पनी डब्लुकेभीका उपकरण प्रयोग गर्ने निर्णय गरिएको छ ।

ad

अरुण भ्यालीले १७ वर्षअघि निर्माण गरेको पिलुवा खोलामा जर्मनस्थित डब्लुकेभी कम्पनीका उपकरण खरिद तथा जडान गरेको थियो । गुरुप्रसद न्यौपाने अध्यक्ष रहेको कम्पनी तथा उनको समूहले त्यसपछिका धेरै आयोजनामा युरोपियन उपकरण जडानमा ध्यान दिएका थिएनन् ।

युरोपियन (डब्लुकेभी) उपकरण खरिद तथा जडान गर्ने उद्देश्यले अरुण भ्याली र जर्मन कम्पनी डब्लुकेभीबीच गत साता सम्झौता भएको छ । सम्झौता अनुसार डब्लुकेभीले इलेक्ट्रो तथा हाइड्रो मेकानिकलसँग सम्बन्धित सबै उपकरण आयात, जडान र परीक्षण गरी हस्तान्तरण गर्नुपर्नेछ ।

दुवै पक्षबीच छलफल भई जर्मनीमै उपकरण खरिद, जडान र परीक्षण गर्ने सम्बन्धी सम्झौता भएको डब्लुकेभीका नेपाल प्रतिनिधि तारा सुब्बाले जानकारी दिए । ‘सुरुमा केही महँगो भए पनि युरोपमा निर्माण तथा उत्पादन भएका उपकरण लामो समयसम्म टिक्ने हुँदा वार्षिक विद्युत उत्पादनको लक्ष्य पुर्याउन सक्छन्,’ उनले भने ।

न्यौपाने निजी जलविद्युत प्रवर्द्धकहरूमा सफल मानिन्छन् । उनकै अग्रसरतामा २.४ मेगावाटको रिडी खोला, ९.९ मेगावाटको इवाखोला, साढे ८ मेगावाटको नौगाड लगायत आयोजना निर्माण भएका छन् । यस्तै, २५ मेगावाटको काबेली ‘बी’ १, ८ मेगावाटको माथिल्लो नौगाड विद्युत उत्पादनको अन्तिम चरणमा छन् ।

उल्लेखित सबै आयोजनामा न्यौपानेले चिनियाँ तथा युरोपियन नाममा भारतमा उत्पादित उपकरण खरिद र जडान गरेका छन् । सस्ता उपकरणका कारण विद्युत उत्पादनमा ठूलो असर देखिन थालेपछि उनी पुनः युरोपियन उपकरण जडान गर्ने योजनामा पुगेकाे स्वीकारेका छन् ।

पिलुवा डब्लुकेभीका उपकरण जडान भएकाले अहिलेसम्म लगानीकर्ता तथा सेयरधनीलाई आकर्षक प्रतिफल दिन सकिएको न्यौपानेको दाबी छ । जलवायु परिवर्तनले  हरेक वर्ष खोलाको हाइड्रोलोजी ( बहाब) परिवर्तन हुने, सस्ता उपकरण जडान गर्दा पटक–पटक बिग्रेर विद्युतगृह बन्द गर्नुपर्ने, प्रसारण लाइनको अनावश्यक क्षति बेहोर्नुपर्ने जस्ता कारणले पछिल्लो समय निजी प्रवर्द्धकहरू निराश हुन थालेका छन् ।

वर्षमा पटक–पटक बिग्रिरहने सस्ता मेसिनकै कारण पछिल्लो समय धेरै प्रवर्द्धकले विद्युत उत्पादनमा ठूलो नोक्सानी बेहोर्नुपरेको उनीहरू नै स्वीकार्छन् । अब सस्ता उपकरणको साटो गुणस्तरमा अधिकांश प्रवर्द्धकको ध्यान जान थालेको देखिन्छ । डब्लुकेभीले आफ्नै कम्पनीमा उपकरण उत्पादन तथा परीक्षण गरी ग्राहकसम्म ढुवानी गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस