Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘विद्युतीय धराप थापेर मान्छे मार्ने प्राधिकरणको लापरबाही बढ्दैछ’

ऊर्जा खबर मङि्सर ०८, २०७६   1995

बिजुली गफ



काभ्रे । सघींय सरकारले काठका पोल हटाउने भने पनि काम भएको छैन । काभ्रेमा यसको अझ विकराल समस्या छ । काठको पोलकै कारणले शनिबार (७ गते) चेतनाथ पौडेलको मृत्यु भयो । आगामी दिनमा पनि यस्तो समस्या हुदैन् भन्न सकिन्न त्यसैले जति सक्दो चाँडो काठका पोल हटाई लाइन सुदृढीकरण गर्नुपर्ने हुन्छ तर यसप्रति प्राधिकरणको चासो छैन् ।

काभ्रे वितरण केन्द्रलाई लाइन सुदुढीकरण गर्न र मक्किएका, भाच्चिएका पोल फेर्न बारम्बार निवेदन दिँदा पनि चासो देखाएको छैन । काठका पोल जिर्ण हुँदासमेत बजेट अभावका कारण फलाम वा सिमेन्टका पोल हाल्न नसकेको बताइन्छ ।

ad

जिर्ण काठका पोल फेर्नका लागि सिमेन्ट वा फलामका पोल माग्न जाँदा प्राधिकरणले पोल उपलब्ध गराएको छैन । प्राधिकरणले पोल उपलब्ध गराए पनि गाड्न सहयोग नगर्ने, स्थानीय आफैंले गर्नुपर्ने बाध्यता छ ।

वितरण लाइन झुल्ने, चुँडिने, ट्रान्सफर्मर पड्किने लगायत समस्या समाधान गर्ने भन्दै दैनिक बिजुली काट्ने गरिएको छ । तर, दिगो काम भएको छैन् । बिजुली जस्तो संवेदनशील विषयमा निकै लापरबाही बढेको छ ।

हावा–हुरी आउँदा काठको पोल ढल्ने हुँदा विद्युत विच्छेद हुने र चाहिँदा विद्युत उपलब्ध हुने गरेको छैन । यसतर्फ सरकारको ध्यान गएको छैन ।

खम्बा ढल्न लागेपछि तार भुइँमा लत्रिएका छन्  । कहीँ काठ मक्किएर बीचमा ठनक्कै भाँचिएका छन् । खम्बा अड्याउन सहायताका लागि राखिएको तार विद्युत प्रसारणको तारसँग जुधेर करेन्ट लाग्ने, जनधनको क्षती हुने समस्या बढिरहेको छ ।

बेथानचोक गाउँपालिकामा मात्र करिब ५ हजार काठका पोल छन् । ती हटाउने योजनै छैन । २०५४/५५ सालमा गाडेको काठका पोल धराप हुँदासम्म विद्युत प्राधिकरणले चासो देखाएको छैन ।

तिमल्सिनासँग गरिएकाे कुराकानीमा  आधारित

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="