काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स प्रालि अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । एसियन ओसेइएन क्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन (असोसिओ) ले कम्पनीलाई सम्मान गरेको हो ।
जापानको टोकियोमा आयोजित गरेको अवार्ड कार्यक्रममा नेपालबाट वल्र्डलिंक सम्मानित भएको जनाइएको छ । असोसिओले वल्र्डलिंकलाई आउटस्ट्यान्डिङ युजर अर्गनाइजेशन अवार्डबाट सम्मान गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त अवार्डबाट सम्मानित हुने वल्र्ड लिंक नेपालबाट पहिलो कम्पनी भएको छ ।
टोकियोमा नोभेम्बर ८ अर्थात बिहीबारको कार्यक्रममा असोसिओका अध्यक्ष डेबिड वाङले वल्र्ड लिंकका निर्देशक लक्ष्मण यादवलाई अवार्ड हस्तान्तरण गरेका थिए । कार्यक्रममा विश्वका ३३ मुलुकबाट हजारभन्दा बढी कम्पनी तथा तिनका प्रतिनिधि सहभागी थिए ।
नेपाली इन्टरनेट बजारमा वल्र्ड लिंकले पु¥याएको योगदान, ग्राहकलाई उपलब्ध गराएको गुणस्तरीय सेवा र अन्तर्राष्ट्रियस्तरको पुर्वाधार प्रयोगमा ल्याएको भन्दै अवार्ड दिइएको पनि जनाइएको छ ।
नेपालमा वल्र्ड लिंकका २ लाख ७० हजारभन्दा बढी ग्राहक पुगेका छन् । कम्पनीले ७० भन्दा बढी जिल्लामा सेवा विस्तार गरेको छ । साथै, ग्राहकलाई इन्टरनेट, डाटा कनेक्टिभिटी र आइपिटिभी सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस