Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४२४ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९४०७ मे.वा. घन्टा
  • भारत : ८४२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०६७३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तर्कना शर्माको उपन्यास ‘जेब्राक्रस’ बजारमा

ऊर्जा खबर बैशाख २३, २०७६   912

अफ ट्रयाक



काठमाडौं– साहित्यकार तर्कना शर्माको उपन्यास ‘जेब्राकस’ सार्वजनिक भएको छ । पितृसत्ताको जगमा टेकेर समलिंगी पुरुषको अंहता खोतलिएको आख्यान शनिबार सार्वजनिक भएको हो ।

कार्यक्रममा बाबु त्रिपाठीले अन्तरसंवाद कार्यक्रमको संयोजन गरेका थिए । कार्यक्रकमा रजनी ढकाल, तारालाल श्रेष्ठ तथा साहित्यकार भुवनहरि सिग्देलले उपन्यासमाथि विमर्श गरेका थिए । पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको छ ।

ad

जेब्राक्रसमाथि टिप्पाणी गर्दै ढकालले उपन्यासले महिला समस्यालाई ज्यादै शिष्ट तरिकाले आङ् नै जिरिङ्ग हुने गरी सरल भाषामा सम्बोधन गर्न सफल रहेको बताइन् । ‘उपन्यासले नेपाली साहित्यमा समलिङ्गीहरूका अनुभव र अनुभूतिको गहिराइलाई पाच्य भाषामा उतार्न सफल रहेको छ,’ उनले भनिन् ।

उपन्यासको म पात्रले पितृसत्ताका कारण महिलामाथि हुने दमन, शोषण र अन्यायको खुलेर विरोध गरेकी छन् । कार्यक्रममा श्रेष्ठले नेपाली साहित्यमा समलिङ्गीका अनुभूति र समस्याको गहिराइ छाम्न कृति सफल रहेको बताए ।
‘ज्यादै कौतूहलपूर्ण तरिकाले विषम लिङ्गी र समलिङ्गीबीचको वैवाहिक सम्बन्धमा आउने उतारचढावलाई सुक्ष्म सम्बोधन गरिएको छ,’ उनले भने, ‘पुरातनवादी समाजले लेखकलाई लाञ्छना लगाउन सक्ने छ ।’

समलिङ्गीलाई कानुनी मात्र नभएर सामाजिक रूपमै सहज बनाइनु पर्ने धारणा राख्दैे उपन्यासमा पढ्दापढ्दै पाठकको मस्तिष्क हल्लाउने क्षमता रहेको श्रेष्ठको भनाइ छ । यस्तै, उपन्यासले मानवीय अनुभूतिका सुक्ष्म कोण समात्न सफल रहेको सिग्देलले बताए ।

‘घटना, पात्र र कथानकमा ज्यादै रोचकता रहेको हुँदा उपन्यास पठनीय बनेको छ,’ उनले भने, ‘समलिङ्गीहरूको मन, मस्तिष्क र अनुभूतिको गहिराइमा पस्न लेखक सफल हुनुभएको छ ।’

प्रकृतिभन्दा कुनै पनि व्यक्ति बाहिर जान नसक्ने उपन्यासकार शर्माले बताइन् । ‘समाजमा हाँसोको पात्र बनाइएका समलिङ्गीहरू पनि मान्छे हुन्, उनीहरूलाई मान्छेको जस्तो व्यवहार र इज्जत गरिनुपर्छ,’ उनले भनिन्, ‘समलिङ्गीका अनुभव, अनुभूति र उनीहरूको समस्यामाथि बहस र चर्चा चलाउनु जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="