विद्युत आपूर्ति : प्राधिकरण : ९४६७ मे.वा.घन्टा / निजी क्षेत्र : १८६८६ मे.वा.घन्टा / आयात : १३३४ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग : २९४८७ मे.वा.घन्टा/ उच्च माग : १४२८ मेगावाट मे.वा.घन्टा/ निर्यात : मेगावाट
×

कालंगा बेसीनको ६४ मेगावाट विद्युत ७ महिनाभित्र प्रणालीमा जोडिने

२०७८ साउन ६

काडमाडौं बझाङ जिल्लाको कालंगा नदी बेसिनमा निर्माणाधीन ६४.४९ मेगावाट विद्युत अबको महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको एउटै समूहले लगानी गरेका जलविद्युत आयोजनाको विद्युत २०७८ माघभित्र प्रसारण प्रणालीमा जोडिन लागेको हो

कालंगा बेसिनमा अहिले ३८.४६ मेगावाटको माथिल्लो कालंंगागाड, १५.३३ मेगावाटको कालंगागाड १०. मेगावाटको माथिल्लो सानीगाड जलविद्युत आयोजना निर्माणाधीन छन् वटै आयोजनाको निर्माण अन्तिम चरणमा पुगिसकेको

निर्माणाधीनमध्ये कालंगा हाइड्रो इनर्जी कम्पनी प्रवद्र्धक रहेको कालंगागाडको विद्युत असोजभित्र ग्रिडमा जोडिने सञ्चालक पुष्प चित्रकारले बताए उनका अनुसार आयोजनाबाट गत आर्थिक वर्षभित्र ग्रिडमा जोडिने लक्ष्य थियो, तर कोरोना (कोभिड१९) महामारीको असरले उपकरण आयात प्रभावित हुँदा गत असार गते आएको बाढी पहिरोले आयाजनाको बाँध सुरुङमा क्षति पुर्याएकोले उत्पादन तालिका लम्बिएको हो

आयोजनाको ९८ प्रतिशत काम पुरा भएको ,’ उनले ऊर्जाखबरसँग भने, ‘बाँकी प्रतिशत काम सम्पन्न गरेर आगामी असोजभित्र विद्युत उत्पादन सुरु गरिनेछ तोकिएको तालिका भन्दा दुई महिना ढिला गरी विद्युत उत्पादन गर्न लागिएको हो

यो आयोजना सम्पन्न गर्न अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको अगुवाईमा बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् बाँकी २५ प्रतिशत स्वपुँजी लगानी

यस्तै, सानीगाड हाइड्रो कम्पनीले निर्माण गरिरहेको ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको काम ८५ प्रतिशत बढी पूरा भएको यो आयोजनाको बाँध क्षेत्रको काम सकिएको आयोजनाको हजार सय मिटर लामो सुरुङ खन्ने काम सकिएको सुरुङ ढलानको काम भइरहेको आयोजनाको हजार सय ५० मिटर पेनस्टक पाइप राख्ने काम भइरहेको विद्युतगृहमा उपकरण जडानको काम भइरहेको

आयोजनाबाट २०७७ असारदेखि नै विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि भौगोलिक विकटता सुरुङमा देखिएको समस्याका कारण प्रभावित हुँदा धकेलिएको चित्रकारले बताए दोस्रो style="font-family:" ui="">तालिका अनुसार आयोजनाबाट २०७८ भदौभित्र विद्युत उत्पादन गर्ने तालिका थियो तर, निषेधाज्ञा बाढी पहिरोले सडक बगाएपछि उपकरण ढुवानीमा समस्या हुँदा काम प्रभावित भएको थियो

यो आयोजना पूरा गर्न अर्ब ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा बैंकले ऋण लगानी गरेका छन्

यसैगरी, १०. मेगावाटको माथिल्लो सानीगाड जलविद्युत आयोजनाको विद्युत पनि २०७८ माघदेखि ग्रिडमा जोडिनेछ बुङ्गल हाइड्रो कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको

८० प्रतिशत बढी सिभिल संरचनाको काम पूरा भएकोे आयोजनाको बाँध क्षेत्रको काम सकिएको हजार सय १२ मिटर मुख्य सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको आयोजनामा जडान हुने हजार सय मिटरमध्ये सय मिटर पाइप बिछ्याउने काम सकिएको बाँकी कात्तिकभित्र पूरा गर्ने लक्ष्य

आयोजनाको सबै काम पूरा गरी २०७८ माघ पहिलो सातादेखि विद्युत उत्पादन गर्ने लक्ष्य २०७५ मंसिरदेखि निर्माण सुरु भएको आयोजनाबाट २०७७ जेठमा नै विद्युत उत्पादन हुनुपर्ने थियो यो तालिकामा विद्युत उत्पादन सम्भव नभएपछि २०७७ मंसिरमा सर्याे यो तालिकामा पनि आयोजनाले विद्युत उत्पादन गर्न सकेन

नयाँ तालिका अनुसार विद्युत उत्पादन सुरु हुन अझै  महिना लाग्ने भएको   विविध कारणले आयोजनाको निर्माण प्रभावित हुँदा विद्युत उत्पादन तालिका धकेलिँदै आएको

आयोजना स्थल दुर्गम क्षेत्रमा पर्दछ निर्माण सामाग्री ढुवानी तथा प्रतिकुल मौसमको प्रभाव आयोजनाको निर्माणमा पर्दै आएको पछिल्लो समयमा कोभिड१९ महामारीका कारण कामदार तथा कर्मचारी नै संक्रमित हुँदा तथा निषेधाज्ञा बाढी पहिरोका कारण पनि निर्माण प्रभावित हुँदा लक्ष्यअनुसार प्रगति हुन नसकेको कम्पनीले जनाएको आयोजना सम्पन्न गर्न अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको

निर्माणाधीन वटै आयोजनाबाट उत्पादन हुने विद्युत ३७ किलोमिटर दुरीमा रहेको बलाँच सबस्टेसनमा जोडिनेछ प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको

प्रतिक्रिया

सम्पादकः लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Degit